तीन वर्षभित्र गरिबी समाप्त पार्ने एमालेको दाबी, चुनावी घोषणा पत्र आज स्थगित

काठमाडौं ।  नेकपा एमालेको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । एमालेले आज दिउँसो ३ बजे स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो ।

सम्पादन कार्य पूरा नभएकाले कार्यक्रम स्थगित गरिएको एमालेले जनाएको छ  । तयार भैसकेको घोषणापत्र सम्पादन कार्य सकिएपछि  सार्वजनिक गरिने बताइएको छ  ।

अब चुनावी घोषणापत्र वैशाख १८ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सार्वजनिक गर्ने तय भएको छ ।

एमालेको घोषणापत्रमा पाँच वर्षभित्र ५ हजार अमेरिकी डलर आम्दानी हुने गरी आर्थिक स्रोतहरू परिचालित गर्ने, तीन वर्षभित्र गरिबी समाप्त पार्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने, वृद्धभत्ता बढाएर पाँच हजार पुर्याउने लगायतका विषय उल्लेख छन् ।

प्रतिक्रिया

सम्बन्धित