निर्वाचन आयोगले बजेट रोकेपछि प्रचण्डलाई ठुलो धक्का

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको बिचमा बजेट ल्याउन नपाइने भन्दै रोक लगाएको छ । सरकारले जेठ १५ गते बजेट ल्याउने तयारी गरेपछि निर्वाचन आयोगले आचारसंहित विपरित हुने भन्दै आज विज्ञप्ति जारी गरेर बजेट ल्याउन रोक लगाएको हो ।

दुई चरणमा हुने स्थानीय तह निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन  आचारसंहिता विपरित हुने विज्ञप्ति मार्फत भनिएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादको अध्यक्षतामा शनिबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटको विषयमा यस्तो निर्णय गरेको हो ।

सरकारले आगामी बैशाख ३१ र जेठ ३१ गते गरि दुई चरणमा चुनाव गर्ने घोषणा गरेको छ । यद्यपी, संविधानअनुसार जेठ १५ भित्र भित्र बजेट आइसक्नु पर्ने व्यवस्था छ । जेठ ३१ गते दोस्रो चरणको निर्वाचन घोषणा गरिसकेको अवस्थामा अब कानूनी बाधा उत्पन्न भएको छ । अब सरकारले रित पुर्याएर बजेट दोस्रो चरणको निर्वाचनपछि ल्याउनुपर्ने छ भने नभए दोस्रो चरणको चुनाव जेठ १५ गते अगाडि नै गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित