आगामी ३ दिनको यस्तो छ मौसम

Mausam

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम बदली हुने भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भूभागको मौसममा बदली आउने महाशाखाले जनाएको हो ।

सोमबार दिउँसो र राति कर्णाली, गण्डकी र प्रदेश १ सहित देशका पहाडी भूभाका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै मंगलबार पनि देशका पहाडी भूभागमा आंशिकरुपमा बदली हुने र चट्याङसहित सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान छ । ३ गते कर्णाली, गण्डकी र प्रदेश १ सँगै बागमतीमा पनि पानी पर्नेछ ।

४ गते बुधबार पनि पहाडी भू(भागहरुमा आंशिक बदली भई मेघगर्जन–चट्टयाङ्गसहित हल्का पानी पर्ने अनुमान गरिएको छ।

कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू—भागका मेघगर्जन—चट्टयाङ्ग—हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित