सिलवाल प्रकरण 'कु' को योजना अन्तर्गत बुनिएको भयानक षड्यन्त्र !

काठमाडौं । सरकारले विधि पुर्याएर योग्य व्यक्तिलाई आफ्नो मातहतको निकायमा नियुक्त गर्न सक्छ । त्यसका विधि छन्, प्रक्रिया पनि छन् । चित्त नबुझेको खण्डमा कार्यकारीले गरेको निर्णयप्रति अदालत पनि जान पाइन्छ । तर कार्यकारीको अधिकार ठिक छैन र थिएन भने भन्न पाइदैन । अदालतले आदेश दिएको खण्डमा भने फरक अवस्था रहन सक्छ ।

पछिल्लो पटक मुलुकमा सवोच्च अदालत, नेपाल प्रहरीका डिआइजी नवराज सिल्वाल र सिंहदरबारका बीचमा रमाइलो दोहोरी देखिएको छ । केही मान्छेहरु भन्छन् सरकारले सिल्वालमाथि अन्याय ग-यो । अर्का थरी मान्छेहरुको प्रतिक्रिया छ कार्यकारीले निर्णय गर्न पाउँछ ।

अच्यूतकृष्ण खरेल प्रकरण पनि नेपालमा स्थापित छ । वरियतामा नभएका भएपनि उनी प्रहरी प्रमुख भएका थिए । कार्यकारीले चाहदा त हुँदो रहेछ । पूर्व मुख्यसचिव लिलामणि पौड्याल पनि आठ नम्बरमा थिए । उनले सात जनालाई पछारेकै थिए ।

विमल कोइरालाको सन्दर्भमा पनि त्यतिखेर यस्तै भएको थियो । इतिहास साक्षी छ, सरकारले योग्य र आवश्यक ठानेको व्यक्तिलाई आफ्ना मातहतका निकायमा नियुक्त गर्न पाउँछ र मिल्छ पनि । तर पछिल्लो पटक सिल्वाल प्रकरणमा भने ठूलो चक्रव्यूह खडा गरिएको छ । यो चक्रव्यूह सामान्य प्रकारको हो वा यस भित्र फरक फरक खालका उद्देश्य र मक्सद के लुकेका छन् वा व्यक्तित्वको मात्रै लडाइ हो रु भित्र भित्रै पाकीरहेको खिचडी हेर्ने हो भने यो सामान्य परिघटना भने अवस्य होइन । यस भित्र ठूलो षड्यन्त्र र धोकाधडीको पटकथा खडा गरिएको छ । पटकथा पूर्ण फिल्ममा परिणत हुन्छ वा हुँदैन त्यो आगामी दिनमा सतहमा देखिएला तर वर्तमान सन्दर्भमा भने सिलवाल प्रकरण एउटा ठूलो खेलको ऐलान नै हो । त्यो खेलमा शान्ति प्रक्रियासँग जोडिएका विषय समेत डिरेल बनाउने योजना लुकेको छ ।

गत फागुन २ गते नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधि सकिदै थियो । सरकारले नयाँ महानिरीक्षकको नियुक्तीको तयारी गरिरहेको थियो । कसलाई प्रमुख प्रहरी प्रमुख बनाउने भन्ने विषयमा कुरा मिलेको थिएन । कुरा नमिलेपछि प्रहरी नियमावली संशोधन गरेर गोपालचन्द्र पोखरेललाई  निमित्त प्रहरी प्रमुख बनायो । प्रसंग चलीरहेकै थियो । एक साँझ सिल्वाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगे र भने म कर्मठ अफिसर हुँ, मलाई त जसरी भएपनि प्रहरी प्रमुख बनाउनु पर्यो हजुर । त्यसअघि सिलवाल सर्वोच्च अदालत पुगिसकेका थिए ।देउवालाई उनले आफू शान्ति प्रक्रियालाई पूर्णता दिने र भनेअनुसारको काम गर्ने बताए । त्यतिमात्रै होइन, अरु अफिसर भन्दा आफू मात्रै ठिक भएको र अरु सबै बेठिक भएको समेत बताउन भ्याए । तर त्यसमा कुनै आधार थिएन । केवल गाली मात्रै थियो । सतहमा सिलवाल र देउवाबीच भेट भएको सामान्य सूचना मात्रै सार्वजनिक भयो ।देउवालाई नै कम आँकेर प्रस्तुत भएका थिए सिल्वाल त्यसदिन । ठूलो पार्टीको सभापति, सरकारको प्रमुख हिस्सेदार भएको समेत बिर्सिएका थिए उनले । देउवाले सरकारको निर्णयमा आफू स्पष्ट रहेको र तपाई (सिलवाल)लाई कुनै सहयोग गर्न नसक्ने बताएपछि रिसले चुर भएर निस्केका थिए सिल्वाल त्यसदिन । देउवासँगको छलफल सकारात्मक नभएपछि सतहमा बालकृष्ण ढुङ्गेल प्रकरण खडा भयो ।जसको मक्सद सिंहदरबारमाथिको काउन्टर एट्याक थियो । अदालतको फैसला कार्यान्वयन नभएको विषयलाई कानुनको जलप लगाइएको थियो । जुन दिनेश त्रिपाठीको नाममा प्रकट भयो । प्रहरी प्रमुख सिल्वाललाई नै जिम्मा दिइएको थियो भने बालकृष्ण प्रकरण सतहमा आउने थिएन ।सतहका खेल भन्दा भूमिगत खेल राम्रै सँग चलेको छ । त्यसका खास पात्र हुन् मन्दिरा शर्मा । उनी विदेश बस्छिन् । उनको संस्था छ, एड्भोकेसी फोरम । काठमाडौँको कमाण्ड सम्हाल्नेमा छन्  सर्वोच्च अदालतमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ । त्यसको प्रमुख संरक्षकमा छन् एमाले अध्यक्ष खड्ग ओली ।जनयुद्धकालका मुद्दा मुलुकका विभिन्न अदालतमा विचाराधिन अवस्थामा छन् । त्यो मध्ये बालकृष्ण प्रकरण सबैभन्दा बढी उचालिएको मुद्दा हो । सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्रमा रहेको मुद्दालाई समेत प्रभावित पार्ने आदेश यसअघि नै आइसकेको छ । नेपालमा शान्ति सम्झौता पनि भएको थियो भने विषयलाई छायामा पार्न खोजिएको छ । करिब चार हजार मुद्दा माओवादी नेता तथा कार्यकर्ताको नाममा विचाराधिन अवस्थामा छ । एडभोकेसी फोरम त्यसैको आधरमा ग्राउण्ड तयार पार्दैछ । बालकृष्ण प्रकरण त्यही ग्राउण्डको एउटा सानो मेमो हो ।प्रसंग आउन सक्छ, बालकृष्ण प्रकरणमा सिलवालको के साइनो , अनि एडभोकेसी फोरम कसरी आउँछ । सवाल यही छ, जो भित्री खेलको अर्को रुप हो । केही मान्छेहरुलाई लाग्न सक्छ, बालकृष्ण प्रहरी समक्ष आत्मसर्मपण गरे सबै टन्टा साफ भइहाल्छ । कुरा त्यसो होइन, एमालले संस्थागत रुपमा नै सबै प्रकारका माओवादी नेतामाथि कारवाही चलाउने लक्ष्यका साथ बालकृष्ण प्रकरणलाई सतहमा ल्याइएको छ । त्यसका देखिने पात्र हुन सिलवाल ।सिलवाललाई प्रहरी प्रमुख बनाउने र बालकृष्ण लगायतका नेता समाउने भन्ने योजना बनेको थियो । तर सिलवाल प्रहरी प्रमुख नभएपछि बालकोट, मन्दिरा, र कल्याणहरुको धन्दा बन्द हुने देखिएको छ ।पछिल्लो पटक रमाइलो त के देखिएको छ भने प्रहरी प्रधान कार्यालय भन्छ, लोकसेवा आयोग, गृह मन्त्रालय र प्रहरी प्रशासन शाखामा मात्रै रहने प्रहरी अधिकृतहरुको कार्य सम्पादन मूल्यांकन फाइल कसरी अदालतसम्म पुग्यो । त्यसमा सिल्वालले प्रकाश अर्यालको फाइलबाट कागजात चोरेर आफू अब्बल भएको देखाए । जुन कानुन विपरितको काम हो । प्रहरी अनुसन्धानका लागि भन्दै आफ्नै बडे हाकिमलाई पत्र काट्छ । जसलाई पत्र काटिएको हो, उनी शम्भु थापाको साथमा फेला पर्छन । सरकार नयाँ आइजीपी नियुक्त हुन्छ, सिल्वालका कानुन व्यावसायी मुद्दा तयार पार्छन , सर्वोच्चमा दर्ता हुन्छ, फैसला पनि तुरुन्त नै आउँछ ।प्रहरी प्रधान कार्यालय स्पष्टिकरणका लागि पत्र काट्छ, सिलवाल अटेर गर्छन, प्रहरी उनलाई समाउन पुग्छ, सिलवा का वकिल मुद्दा तयार पार्छन, मुद्दा दर्ता हुन्छ, फैसला तुरुन्तै आउँछ । सामान्य मान्छेको हकमा यति उदार हुन्छ त अदालत ? नागरिकलाई न्याय दिन यति क्रमठ बन्छ त अदालत ? आम मान्छेले थाहा पाएकै छन् । धेरै लेख्दा मानहानीको मुद्दा चल्न पनि सक्छ । सिलवाल मिटर व्याजको धन्दा चलाउँछन्, त्यो अदालतलाई थाहा हुन्न । सिलवाल सञ्चार माध्यमहरु बन्द गर्दै हिड्छन् पत्रकार महासंद्ध र पत्रकारका संगठन चुप बस्छन् । जब सिलवाल पक्राउ पर्छन, उनले सरकारी कागजात दूरुपयोग भयो भनेर छानबिन सुरु हुन्छ, तब सबै निकाय बोल्छन् ।एमाले मुख्यालमा बैठक बस्छ, एजेण्डा हुन्छ नवराज सिलवाल । एमाले स्थायी समिति बैठक बस्छ, एजेण्डा हुन्छ, सिलवाल । संसद्को बैठक बस्छ तब खड्ग ओली बोल्छन् ‘सरकार ध्रुबे हात्ती जस्तै भयो’ । किन यत्तिको महत्व दिइएको छ सिलवाललाई । आम मान्छेलाई सहज लाग्लान् यी घटना र परिदृश्य , जसको कुनै लेनदेन नै छैन । तर जो जसका लागि यी खेलहरु खेलिएका छन् र सिलवाल प्रकरण उचालिएको छ, त्यो सफ्ट 'कु' को योजना अन्तर्गत बुनिएको  भयानक षड्यन्त्रको नमुना हो । बालकोट 'कु' को तयारीमा छ । त्यो कु का लागि सिलवाललाई प्यादा बनाइएको छ । कल्याण श्रेष्ठहरु त्यसका डिजाइनर हुन् । मन्दिरा शर्माहरु त्यसका निर्देशक हुन् । बालकोटलाई मात्रै होइन, एमाले किन यसरी सिलवालको पछाडि लागेको छ भन्नेमा सिंहदरबार पनि जानकार छ, बुढानिलकण्ठ पनि जानकार छ ।बालकृष्ण प्रकरणका पछिल्ला पात्र दिनेश त्रिपाठी त झन् बढी यसका जानकार छन् । के मान्छेहरुले सामान्य रुपमा सोचे जस्तै हो त सिलवाल प्रकरण । समाचार स्रोतहरु भन्छन् सिलवाल प्रकरण एउटा 'कु' को फेहरिस्त हो जुन भित्र भित्रै रचिएको छ ।छलफलडटकमबाट 

प्रतिक्रिया

सम्बन्धित