७ बुँदे सुर्खेत घोषणापत्रसहित तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला सम्पन्न (घोषणापत्रसहित)

bhanu

सुर्खेत । होमस्टे सेवागाउँपर्यटनको आधार स्तम्भकोरुपमा सावितभएको सँस्कृति, पर्यटन, नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले बताएका छन् । ढकालले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देशैभरीका होमस्टेकर्मीको सहभागीतामा सम्पन्न  तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीमा उक्त कुरा बताएका हुन् ।

समुदायमा आर्थिक, सामाजिक र प्राकृतिकरुपमा समृद्धि ल्याउन होमस्टे सेवालाई विस्तार गर्दै लगिनु पर्ने मन्त्री ढकालले बताए । विश्वब्यापी महामारीको रुपमा रहेको कोरोनाका कारण लकडाउन पछिको रोजाई होमस्टे क्षेत्र रहेको छ । स्वच्छ र सफा सुन्दर गाउँ पर्यटनले नै समुदायमा आर्थिक समृद्धि हुने पनि बताए ।

कार्यशालामा देशैभरबाट छानिएर आएका २१५ जना अगुवा होमस्टेकर्मीहरुको सहभागिता थियो ।

No description available.

कार्यशालामा देशभरका ७ वटै प्रदेशका उत्कृष्ट होमस्टेहरुलाइ सम्मानित गरिएको थियो । सम्मानित हुनेमा साँघु कोलडाँडा सामुदायिक होमस्टे (ताप्लेजुङ्ग), सुनाखरी सामुदायिक होमस्टे (पर्सा),नागार्जुन सामुदायिक होमस्टे (काठमाण्डौं), सुन्तलाबारी सामुदायिक होमस्टे (स्याङ्जा), जगदिशपुर सामुदायिक होमस्टे (कपिलवस्तु), आफर सामुदायिक होमस्टे (सुर्खेत)र थारु सामुदायिक होमस्टे(कैलाली) थिए ।

त्यसैगरी राष्ट्रिय पर्यटन गीतका रचनाकार प्रह्लाद न्यौपाने, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र विश्व पर्यटन संघबाट अवार्ड प्राप्त गरेकोमा कम्यूनिटी होमस्टे नेटवर्कका शिव ढकाललाई सम्मान गरिएको थियो ।

No description available.

३ दिन सम्म संचालन गरिएको कार्यशालामा पशुपति न्यौपानेबाट होमस्टेको अवसर तथा चुनौती, रामचन्द्र सेढाईबाट कर्णाली प्रदेशमा होमस्टे, दिपकराज जोशीबाट कोभिड १९ पछिको होमस्टेमा स्वच्छता, डा. आलोक प्रसाईबाट नेपालमा होमस्टेको नितीगत व्यवस्था र राजेन्द्र प्रसाद त्रिपाठीबाट होमस्टेमा तालिम, विकास तथा बजारीकरण विषयका कार्यपत्रहरुमाथि छलफल भएको थियो ।

यसैगरी होमस्टे पर्यटनका सन्दर्भमा होसानसँग सहकार्य गर्दै आइरहेका संस्था तथा निकायहरु पर्यटन विकास आयोजना कर्णाली प्रदेश, तारा गाँउविकास समिति, नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक लि., कम्यूनिटी होमस्टे डट कम, रैथाने एग्रि प्रड्क्स, गरीबी निवारण कोष, जुवलोजिकल सोसाईटी अफ लण्डन, डब्लु डब्लु एफ नेपाल, राष्ट्रिय युवा परिषदबाट हुँदै आइरहेको कामको समिक्षा गर्दै आगामी दिनमा होसानसँग गर्न सकिने सहकार्यका विषयमा छलफल गरिएको थियो ।

होसान केन्द्रिय अध्यक्ष केशव प्रसाद बडालको सभापतित्वमा संचालित कार्यक्रममा सँस्कृति, पर्यटन, नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाल, कर्णाली प्रदेश, उद्योग,पर्यटन,वन तथा बातावरण मन्त्री नन्द सिंह बुढा,चाँगुनारायण नगरपालिका भक्तपुरका नगरप्रमुख सोमप्रसाद मिश्रलगाएत देशभरका विशिष्ट पर्यटनविज्ञको उपस्थिति रहेको थियो । कार्याशाला गोष्ठी ७ बुँदे सुर्खेत घोषणापत्र जारी गर्दै समापन भएको आयोजकले जनाएको छ।

घोषणापत्र

“ प्रकृति,संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण, होमस्टेको अभियान ” होमस्टे (घरबास) एशोसिएसन नेपालको तेश्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी

२०७७ फाल्गुन २८, २९ र चैत्र १, विरेन्द्रनगर, सुर्खेत, कर्णाली प्रदेशसुर्खेत घोषणा पत्र

१. देशभरका सातै प्रदेशमा सिघ्र रुपमा वैज्ञानिक होमस्टे संचालन कार्यविधि जारी गर्न नेपाल सरकार समक्ष माग गर्ने ।

२. होमस्टेको ब्राण्डिङ्ग, वर्गिकरण, गुणस्तर, पहिचान र पर्यटक आचारसंहिताका लागि आवश्यक मापदण्ड तय गर्ने ।

३. होमस्टेका नाममा फैलिएको विकृति विसंगतीलाई नियन्त्रण गर्न दण्ड जरिवाना तथा पुरस्कारको व्यवस्थाको लागि निरन्तर अनुगमन गर्न र सम्पूर्ण सरोकारवाला निकायहरसँग समन्वयका लागि आवश्यक संयन्त्र निर्माण गर्न सरकारसँग माग गर्ने ।

४. कोभिड १९ पछिको ग्रामिण पर्यटनको अग्रेणी मोर्चामा रहेको होमस्टेले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै पर्यटकका लागि सेवाखुल्लागर्ने ।

५.डिजिटल मार्केटिङ्गको माध्यमबाट नेपालको होमस्टे पर्यटनको बजारीकरणको लागि आवश्यककार्यहरु अगाडी बढाउने ।

६. देशभर संचालन हुने होमस्टे क्षमता अभिवृद्धि तालिमलाई एकरुपताका साथ संचालन गर्न पहल गर्ने ।

७. तेश्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण संस्था तथा निकायहरुलाई धन्यवाद ज्ञापन गर्ने ।

मितिः २०७७ चैत्र १ गते, आईतवार

प्रतिक्रिया

सम्बन्धित