जनकपुरबाट सिके राउत पक्राउ, कहाँ छन् बिप्लब ?

जनकपुर।निर्वाचन बिरोधी गतिबिधीमा संलग्न रहेको आरोपमा  सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ।  सप्तरी स्थायी घर भएका उनलाई  जनकपुरको आफ्नै कोठाबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख चक्रबहादुर सिंहले राउतको पक्राउपछि धनुषामा सुरक्षा व्यवस्था कडा बनाइएको वताए ।

सिके राउत पक्राउ परेपछी उनका कार्यकर्ताहरुले छुटाउन भन्दै बिरोध सुरु गरेका छन् । राष्ट्र विखण्डन गर्ने तत्वहरुले खुलेआम निर्वाचन बिरोधी गतिबिधी गरिरहेको भन्दै बिरोध भएको थियो ।

नेपाल प्रहरीले हिजो मात्र निर्वाचनको सुरक्षा तयारी पूरा भएको र निर्वाचन विरोधी गतिविधिमा संलग्न करिब एक हजारलाई पक्राउ गरिएको जनाएको थियो ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द 'बिप्लब 'नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६००, सिके राउत समूहका १३ र अन्य समूह तथा व्यक्ति ३५५ जना पक्राउ परेका थिए । प्रहरीले राउत र चन्द समुह देशभरका बम बिस्फोटका घटनामा संलग्न रहेको दाबी गरेको थियो । राउत पक्राउ परे पनि बिप्लब भने कहाँ छन् खुल्न सकेको छैन । 

प्रतिक्रिया

सम्बन्धित