मसाज पार्लरसहित तीन ठाउँमा एकै व्यक्तिले चलाए गोली, ६ एसियन महिलासहित ८ को मृत्यु

usa

एटलान्टा । अमेरिकाको एटलान्टामा भएको गोलीबारीमा कम्तीमा ६ जना एशियन मुलुकका महिलासहित ८ जनाको मृत्यु भएको छ । एटलान्टाका तीन फरक फरक ठाउँमा भएको गोली कान्डमा एउटै व्यक्तिले गोली चलाएको जनाइएको छ ।

तीनमध्ये २ गोलीबारी उत्तर पूर्वी एटलान्टाको नजिकैका दुई सडकमा र अर्को ३० माइल टाढा शहरको उत्तर पश्चिम चोरोकी काउन्टीमा भएको सीएनएनले जनाएको छ ।

अनुसन्धानकर्ताहरुले यी तीनवटै गोलीबारीको उद्देश्य अहिलेसम्म प्रस्ट भइसकेको छेन । गोलीबारीमा संलग्न संदिग्धलाई एटलान्टाबाट १५० माइल दक्षिण क्रिस्प काउन्टीबाट बेलुकी साढे ८ बजेतिर नियन्त्रणमा लिइएको छ । चोरोकी काउन्टी अफिसका अनुसार पक्राउ परेका संदिग्ध उडस्टकका २१ वर्षका रोबर्ट आरोन लोंग हुन् ।

गोली चलेका दुईवटा मसाज पार्लरहरु उत्तरपूर्वी एटलान्टामा आमने सामने रहेका छन् । अर्को पार्लर चेरोकी काउन्टीमा रहेको छ । घटनाको कारण अहिलेसम्म खुलेको छैन ।

योंग एसियन मसाज पार्लरमा गोली चलेको खबरपछि प्रहरी घटनास्थलमा पुग्दा २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने तीनजना घाइते थिए । उनीहरु अस्पताल लगिएकोमा थप एकजनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति सीसीटिभी क्यामेरामा देखिएको जनाइएको छ ।

त्यस्तै गोल्ड मसाज स्पामा प्रहरी पुग्दा तीनजनाको मृत्यु भइसकेको थियो । लगत्तै अगाडि रहेको अरोमा थेरापी स्पाबाट प्रहरीलाई फोन आएर त्यहाँ पुग्दा एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये ४ जना महिलाहरु रहेको र उनीहरु एसियन रहेको जनाइएको छ ।

घटना स्थानीय समय अनुशार बेलुका ५ बजे भएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित