उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकमा नयाँ नेतृत्व, लोकप्रिय उद्योगी बस्नेत निर्विरोध निर्वाचित

raj_1

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका उद्योगी वाणिज्य संघको अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार) निर्वाचित भएका छन् । आगामी चैत ७ गतेका लागि घोषणा गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २५ औं साधारणसभा एवं १० औं अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि बस्नेत निर्विरोध निर्वाचित भएका हुन् ।

एक अध्यक्षसहित १७ सदस्य पदका लागि हुन गइरहेको निर्वाचनमा वर्तमान उपाध्यक्ष बस्नेत निर्विरोध निर्वाचित भएका हुन् । जिल्लाका उद्योगीबीच लोकप्रिय एवं समाजसेवीको छवि बनाएका बस्नेत यस अघि उपाध्यक्षको कार्यभार सम्हालेका थिए ।

क्षमादेवी ग्रुपका सञ्चालक समेत रहेका बस्नेत सामाजिक क्षेत्रमा समेत निकै क्रियाशिल रहेका छन् । उद्योगी व्यावसायी माझ लोकप्रिय छबी बनाएका अध्यक्षका उमेदवार बस्नेतले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुबाट समेत समर्थन लिएका थिए । ‘उहाँ सबैबीच राम्रो छबी बनाएको र उद्योगी व्यावसायीहरुको समस्यालाई समेत नजिकबाट बुझ्नु हुन्छ त्यसैले हाम्रो समर्थन र सहयोेग बस्नेतजी लाई नै हुन्छ’ माओवादी केन्द्रका एक नेताले भनेका थिए ।

त्यस्तै बस्नेतलाई सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु हरिशरण श्रेष्ठ, विष्णु खत्री, राजेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ र वर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठको समर्थन समेत अध्यक्षका लागि बस्नेत सर्वसम्मत निर्वाचित भएका हुन् ।

सदस्यहरु छनोटपछि मात्र अन्य पदाधिकारीहरुको छनोट हुने भएपनि वरिष्ठ उपाध्यक्षमा रामकाजी पौडेलको सम्भावना रहेको छ । त्यस्तै अन्य उपाध्यक्षहरुमा जलविद्युत व्यावसायी उमेश कसजु, उमेशलाल श्रेष्ठ लगायतको सम्भावना रहेको उद्योगी व्यावसायीहरुको भनाइ छ । त्यस्तै वर्तमान महासचिव यादव दाहाल पनि उद्योगी व्यावसायी बिच लोकप्रिय छन् । उनी कि उपाध्यक्ष नभए महासचिव नै दो¥याउने योजनामा रहेको स्रोतको दाबी छ । सदस्यहरुमा भने ५० बडी आकक्षी देखिएका छन् ।

अध्यक्ष र १७ सदस्य प्रत्यक्ष निर्वाचीत भएपछि १३ जना भने मनोनीत हुने उद्योग बाणिज्य संघका कार्यालय सचिव इश्वरी चालिसेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित