नमूना विजनेश कलेजको रुपमा उदाउँदै राजधानी

शिक्षा विनाको मानिस जहिले पनि अधुरो रहन्छ । शिक्षा त्यस्तो शक्ति हो, जसले परिवार, समाज हुँदै राष्ट्रलाई समेत परिवर्तन गर्न सक्छ । शिक्षाको यहि महत्वले गर्दा नै अहिले सबैभन्दा बढि चर्चाको विषय बनेको छ शैक्षिक गुणस्तर । समयको परिवर्तनसँगै नेपालमा पनि शिक्षा क्षेत्रको स्तर दिन प्रतिदिन बढ्दै गएको छ । अधिकांश नेपाली विद्यार्थीहरु उच्च शिक्षासँगसँगै आफ्नो भविश्यको खोजीमा विदेशिरहेका बेला काठमाडौंको मध्य बानेश्वरमा स्थापना भएको राजधानी मोडल कलेज भने उत्कृष्ट नमूना विजजेश कलेजको रुपमा अगाडि बढिरहेको छ । कलेजले नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिरहेको छ ।

२०७० सालमा स्थापना भएको राजधानी मोडल कलेजले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस कलेजले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु आफ्नो प्रमुख उद्देश्य भएको दाबी गरेको छ । पछिल्लो समयमा शिक्षा क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाबाट अलग रही आफूहरू गुणस्तरीय शिक्षा दिन लागिपरेको छ राजधानी मोडल कलेज । गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधारमा समेत आफूहरूले बढी जोड दिँदै आएको कलेजको दाबी छ । छोटो समयमा नै यस कलेजले व्यवस्थापन शिक्षाको क्षेत्रमा उच्च प्रतिष्ठा र विश्वास जितिसकेको छ । बीबीए अध्ययन गराउँदै आएको यस कलेजले यस वर्षबाट भने एमबीएको पनि कक्षा सञ्चालनमा ल्याएको छ । देशकै नमूना विजनेस कलेजका रुपमा विकास गर्ने उद्देश्यका साथ स्थापना भएको राजधानी मोडल कलेज अग्रणी संस्थाका रुपमा चिनिंदै आएको छ । कलेजले एक सेमेष्टरमा ३० सिटमा एमबीए पढाउने गरी पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएसँगै एमबीए अध्ययनका लागि भर्ना आव्हान गरिसकेको छ ।

कलेजका संस्थापक प्रिन्सिपल केपी पन्त ४ वर्षदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमै कलेजले बीबीए पढाईमा विद्यार्थीहरुलाई उत्कृष्ट र गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको  र  नयाँ सम्बन्धनसँगै आफूहरु थप उत्साहित भएको बताउनुहुन्छ । ‘विविएमा उत्कृष्टता हाँसिल गर्ने कोशिष ग¥यौं । त्यसैले पनि हामीलाई पोखरा विश्वविद्यालयले एमबीएको सम्बन्धन दियो ।’ प्रिन्सिपल पन्त थप्नुहुन्छ । गुणस्तरीय शिक्षा दिने उद्देश्यले कलेजले कम्प्युटर ल्याब, चौबीसै घण्टा इण्टरनेट सेवा, पुस्तकालयको व्यवस्था गरेको छ । यतिमात्र नभई कलेजले शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउन कलेज परिसरभित्रै बास्केटबल, टेबलटेनिस, भलिबल कोटको व्यवस्था गरेको छ । कलेजले गरीब, जेहेनदार र पढाइमा अब्बल विद्यार्थीलाई  छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ । पोखरा विश्वविद्यालयको स्वीकृतीमा नै कलेजले १० प्रतिशत विद्यार्थीलाई शत प्रतिशत छात्रबृत्ति प्रदान गर्दै आएको छ । एमबीए अध्ययनसँगै राजधानी मोडल कलेजले २०७५ सालबाट भने ‘पिजी टु पिजी’ (प्ले गु्रप टु पोष्ट ग्य्राजुएट)सम्म अध्यापन गराउने र यसलाई एक्सक्लुसिभ विजनेस कलेजको रुपमा अगाडि बढाउने योजना बनाएको छ । गत वर्षबाट नै राजधानी मोडल कलेज व्यवस्थापनले राजधानी एकेडेमी सञ्चालनमा ल्याइसकेको छ । जसमा अहिले कक्षा ११ र १२ मा अध्यापन हुँदै आएको पन्त बताउनु हुन्छ ।

विद्यार्थी केन्द्रित शिक्षण सिकाई, अत्यन्त पारिवारिक वातावरण, विद्यार्थीमाथिको हेरचाह, बैयक्तिक परामर्श, प्रयोगात्मक र व्यवहारिक शिक्षा राजधानी कलेजका विशेषता हुन् । पन्त भन्नुहुन्छ–‘हामीले संसारका विविन्न विश्व विद्यालयहरुका राम्रा अभ्यासहरुलाई अनुकरण गर्दै आफ्ना मौलीक अभ्यासहरुको पनि विकाश गर्ने प्रयास गरिरहेका छौं ।’ नेपाली विद्यार्थीहरु त उच्च शिक्षाका लागि विदेशिरहेका छन् नि ? भन्ने प्रश्नमा संस्थापक प्रिन्सिपल पन्त भन्नुहुन्छ–‘हिजोका दिनमा उच्च शिक्षाका लागि विदेश जाने कुरा स्वभाविक थियो होला । अहिले पनि शिक्षा आर्जन गर्न, संसारलाई जान्न बुभ्mन विदेश जानुलाई मैले अन्यथा लिन्न तर, नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने थुप्रै कलेजहरु स्थापना भइसकेका छन् । आजका दिनमा विद्यार्थीले डिग्री लिनकै लागि विदेश जानुपर्ने अवस्था छैन ।’ तर, विद्यार्थीहरु त नेपालमा समय अनुसार शैक्षिक कोर्ष परिवर्तन हुन सकेको छैन भन्छन् नि त ? भन्ने पश्नमा पन्त त्यसलाई इन्कार गर्दै केही शैक्षिक संस्थाले परिवर्तन गर्न सकेका छैनन् होला भन्दै पोखरा विश्वविद्यालयको कुरा गर्ने हो भने हरेक नयाँ शत्रमा कोर्ष परिवर्तन भइरहेको दावी गर्नुहुन्छ । राजनीतिक अस्थिरता र संक्रमणसँगै सरकारले बेला बेलामा गर्ने शैक्षिक नीति परिवर्तनले पनि शिक्षा क्षेत्रमा धेरै चुनौतीहरु थपिएका छन् । नेपालमा शैक्षिक क्षेत्रमा भएको लगानीको प्रतिफल पाउन त्यति सहज भने छैन । तर, राजधानी मोडल कलेजले भने विद्यार्थीहरुलाई दिने गुणस्तरिय ज्ञानलाई नै आफ्नो प्रतिफलको रुपमा हेरेको छ । सरकारले आफूखुसी परिवर्तन गर्ने नीति नियमले सम्रग निजी शिक्षा क्षेत्रलाई संरक्षण गर्ने भन्दा पनि निरुत्साहित गर्न खोजेको पन्त दावी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ–‘सरकारले निजी क्षेत्रलाई कस्नका लागि नीति नियम बनाउने होइन नि, सरकारले जबसम्म सरकारी शिक्षालाई सुधार्न सक्दैन, तबसम्म निजी शिक्षाको बारेमा चिन्ता गर्नु जरुरी नै छैन ।’ ‘सरकारी शिक्षामा सुधार ल्याउने हो भने सबैको रोजाई सरकारी शिक्षामा नै जान्छ नि, किन निजी शिक्षा क्षेत्रलाई पेल्नु प¥यो र ? जनताले नै त्यसलाई मूल्यांकन गरिहाल्छन् नि । निजी क्षेत्र भनेका त प्रतिस्पर्धामा आएर आम विद्यार्थीहरुको मन जितेर न सञ्चालित छन् ।’ पन्त थप्नुहुन्छ ।

सरकारबाट कुनै प्रकारको अनुदान र सहयोग नपाउँदा व्यक्ति–व्यक्ति मिलेर आफ्नो जाय जेथा बन्दकी राखेर भएपनि निजी क्षेत्रबाट राम्रा र गुणस्तरिय शैक्षिक संस्था सञ्चालन भइरहेका छन् । संरक्षणको प्रत्याभूति र लगानीको प्रतिफललाई गौण राखेर भएपनि सञ्चालन भइरहेको शैक्षिक संस्था हो राजधानी मोडल कलेज । शुल्कको कुरा गर्ने हो भने सरकारले प्रति विद्यार्थी खर्च गरेको रकम र निजी क्षेत्रले प्रति विद्यार्थीसँग लिने रकम बराबरी हुन जान्छ । जुन कुरा सरकारले नै स्वीकारिसकेको अवस्था छ । तर, शिक्षाको गुणस्तरमा भने प्रश्न उब्जिदै आएको छ । त्यसैले पनि राजधानी मोडल कलेजले शिक्षाको गुणस्तरलाई परिमार्जित एवम् परिस्कृत गर्दै देशमा कर्णाधारको रुपमा रहेका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ । देश भित्रै गुणस्तरिय शिक्षा उपलब्ध गराई उनीहरुको सुनिश्चित भविश्यको लागि आफ्नै स्रोत र साधान परिचालन गर्दै अगाडि बढिरहेको छ राजधानी मोडल कलेज ।

प्रतिक्रिया

सम्बन्धित