मध्यपुरको जनगुनासो सम्बोधन गर्दै सांसद बस्नेत, एकैदिन ६ आयोजनाको अनुगमन

मध्यपुर । विकासका पर्यायवाचीका रुपमा चिनिएका भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेत पछिल्ला दिनमा मध्यपुरको विकासमा खटिएका छन् । पछिल्लो २ वर्ष मध्यपुरलाई टार्गेट बनाएका बस्नेतले मध्यपुरका ६ आयोजनाहरुको एकैदिन अनुगमन गरी त्यसको सुरुवात गरेका छन् । 

‘तपाईहरुको समुदायमा के के विकास चाहिएको छ ? योजना ल्याउनुस्, व्यवस्थापन म गर्छु’ भन्ने जनप्रतिनिधिको आवाज सुनेपछि मध्यपुर थिमी नगरपालिकाका वासिन्दा आश्चार्य चकित हुँदै उत्साहित भए । कारण थियो, विगतका जनप्रतिनिधि निर्वाचित भएपछि अर्को निर्वाचन नआउन्जेसम्म अनुहार समेत देख्न पाउँदैन थिए । तर वर्तमान अवस्थामा भने ठिक उल्टो भएको भन्दै स्थानीयवासी खुसी भएको पाइन्छ ।

जनताको दुःख सुखको सारथीको रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत स्थापीत भएका छन् । ‘जहाँ समस्या, त्यहाँ सांसद बस्नेत’ भन्ने मान्यतालाई आत्मसात् गर्दै जनताको घरदैलोमा पुगी जनताको माग, आवश्यकता र गुनासोलाई सम्बोधन गर्ने गरेका छन् । जुन निर्वाचनको समयमा मात्र नभई दैनीक जसो जनताको घरदैलोमा पुगी मागलाई सम्बोधन गर्ने गरेका छन् ।

सांसद बस्नेतले जिल्लाको घनावस्ती तथा पुरानो वस्ती भएको ठाउँ मध्यपुर थिमी नगरपालिका क्षेत्रभित्रको विकासलाई विशेष योजनाका साथ अगाडी बढाएका छन् । अबको दुई वर्ष मध्यपुरको विकासलाई विशेष ध्यान दिने उद्घोषका साथ बस्नेतले ठाउँ, आवश्यकता र मागलाई ध्यानमा राखी आयोजनाहरुलाई द्रुत गतिमा अगाडी बढाउने घोषणा नै गरेका छन् । मध्यपुरको विकास कम भएको भनि जनगुनासोलाई सम्बोधन गर्ने क्रममा सयौं योजनाहरुलाई मध्यपुर क्षेत्रमा तिव्रता दिएका छन् ।

यसै क्रममा बस्नेतले नगरपालिकाको वडा नं. १ का ६ वटा आयोजनाको अनुगमन गरेका छन् । शहरी तथा भवन निर्माण आयोजना बबरमहल काठमाडौँद्वारा सम्पदा टोल नयाँ मार्ग लोकन्थलीका सडक स्तरोन्नती गर्नका लागि विनियोजित रु ५० लाखको लागतमा लोकन्थलीका ६ वटा मार्गहरुमा धमाधम भैरहेका ढुङ्गा छपाइ तथा बाटो स्तरोन्नती गर्ने कार्यको स्थलगत निरीक्षण गर्नुको साथै देखिएका कमी कमजोरीहरु सुधार्न सुझाव दिए ।

उनले अनुगमन गरेका आयोजनाहरु नमुना मार्गमा भैरहेको ढुङ्गा छपाइ तथा स्तरोन्नती, सरस्वती मार्गमा भैरहेको ढुङ्गा छपाइ तथा स्तरोन्नती, मझेरी मार्गमा भैरहेको ढुङ्गा छपाइ तथा स्तरोन्नती, सुनौलो मार्गमा भैरहेको ढुङ्गा छपाइ तथा स्तरोन्नती, सङ्गम मार्ग-१ मा भैरहेको ढुङ्गा छपाइ तथा स्तरोन्नती र सङ्गम मार्ग-२ मा भैरहेको ढुङ्गा छपाइ तथा स्तरोन्नती रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित