अध्यक्ष ओलीले गरे संसदीय दलको बैठक आह्वान

KP Oli

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दलको बैठक बोलाइएको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । ओलीले दलको विधान संशोधन गरेर अधिकारको केन्द्रीकरण गरिसकेका छन् ।

त्यसलाई अनुमोदन गर्ने र पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा लागेका समानुपातिक सांसदहरूलाई कारबाहीको प्रक्रिया अघि बढाउन दलको बैठक आह्वान भएको उनीपक्षीय नेताहरू जिकिर गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित