सिलवालले सर्वोच्चमा झुठो विवरण पेश गरेको प्रतिवेदनको ठहर

काठमाडौं ।  आईजीपीका लागि योग्यताक्रम सिफारिस गर्न गठित समितिले सर्वोच्च अदालतमा पेस गर्न तयार पारेको प्रतिवेदन बुधबार मन्त्रिपरिषद्मा बुझाएको छ । कार्यसम्पादन मूल्यांकन (कासमू) सहितको प्रतिवेदन आईजीपी विवादमा वैशाख १९ गते हुने सुनुवाइका लागि सर्वोच्चमा पेस गरिनेछ । आईजीपीका प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्चको बृहत् पूर्ण इजलासबाट भएको आदेश ध्यानमा राखी प्रतिवेदन तयार पारिएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिवेदन तयार पार्न महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्मा, गृहसचिव लोकदर्शन रेग्मी, कानुनसचिव कमलशाली घिमिरे र निमित्त प्रहरी महानिरीक्षक डा। दिनेशचन्द्र पोखरेल समावेश समितिले सिलवालसहित चार डीआईजीले चार वर्षमा पाएको अंकसहित योग्यताक्रम कायम गर्दै प्रतिवेदन बुझाएको हो ।

अन्नपूर्ण पोस्ट्लाई प्राप्त प्रतिवेदनअनुसार आईजीपी नियुक्त प्रकाश अर्यालको कार्यसम्पादनको कुल अंक र औसत दुवै अंक उच्च देखिएको छ । सर्वोच्चको बृहत् इजलासले चार वर्षको मूल्यांकन गरी कार्यसम्पादनतर्फ औसतमा उच्च अंक पाउने डीआईजीलाई आईजीपी नियुक्त गर्न चैत ८ गते सरकारलाई परमादेश दिएको थियो । यसबारे अध्ययन एवं मूल्यांकनका लागि मन्त्रिपरिषद्को चैत २८ को निर्णयअनुरूप उच्चस्तरीय समिति गठन भएको थियो।

समितिले डीआईजीमध्ये सिलवाल, अर्याल ९हाल आईजीपी०, जयबहादुर चन्द र बमबहादुर भण्डारीको कासमूमा प्राप्त कुल अंकसहितको औसत अंक गणना गरी योग्यताक्रम तोकेको छ । कार्यसम्पादनसहित समग्र मूल्यांकनलाई १५० पूर्णांक कायम गरी कासमूको पूर्णांक ४० मा रूपान्तरित गरिएको छ । यसअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने अर्यालले आव ०६९र७० मा ३९।२०, आव ०७०र७१ मा ३६, आव ०७१र७२ मा ३९ र आव ०७२र७३ मा ४० अंक प्राप्त गर्नुभएको छ । यसरी अर्यालको चार आवको कासमूको कुल अंक जोड १५४.२० छ । अर्यालको चार आवको कासमू औसत ३८.५५ अंक छ ।

दोस्रो नम्बरमा रहनुभएका सिलवालको आव ०६९र७० मा ३९.४६६७, आव ०७०र७१ मा ३६, आव ०७१र७२ मा ३९ र आव ०७२र७३ मा ३८ अंक छ । यसअनुसार चार आवको कासमूको कुल अंक जोड १५२।४६६७ छ भने चार आवको कासमू औसत ३८.११६७ अंक छ । कासमूको कुल अंक र औसतमा झिनो अंकले अर्याल अघि देखिनुभएको छ । डीआईजी भण्डारीको कासमू अंक आव ०६९र७० मा ३९।२०, आव ०७०र७१ मा ३४, आव ०७१र७२ मा ३९ र आव ०७२र७३ मा ३८ छ । उहाँको चार आवको कासमूको कुल अंक १५०.२० छ भने औसत कासमु अंक ३७।५५ छ ।यस्तै, चन्दको कासमू आव ०६९र७० मा ३८.१, आव ०७०र७१ मा ३४, आव ०७१र७२ मा ३८ र आव ०७२र७३ मा ३७.५० अंक छ । चन्दको चार आवको कासमूको कुल अंक १४७.६ छ भने औसत कासमू अंक ३६.९० छ । यसरी सिलवालले सर्वोच्चमा पेस गरेकोभन्दा समितिको प्रतिवेदनले फरक तथ्य औंल्याएको छ । ‘प्रहरी नियमावली, २०७१ को नियम ३१ उपनियम १६ अनुरुप समग्र मूल्यांकन गरेर प्रतिवेदन बुझाइएको छ’, स्रोतले भन्यो, ‘सर्वोच्चको आदेश अनुरुप दूधको दूध पानीको पानी गरिएको छ । रौं चिरा गनेर पाइपाइ हिसाब गरिएको छ । कुनै तलमाथि गरिएको छैन ।’नियमावलीको व्यवस्थाअनुसार बढुवा प्रयोजनका लागि कार्यसम्पादन मूल्यांकनको अंक गणना गर्दा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कासमू फारामको औसतबाट गणना गरिने उल्लेख छ । तर नियमावली बमोजिम कार्यसम्पादनको मूल्यांकन भएको अवस्था नरहेको र बढुवा प्रयोजनका लागि कार्यसम्पादनको अंक गणना गर्नुपर्ने भए पुरानो नियमावलीबमोजिम भरिएका पछिल्ला आर्थिक वर्षका कासमूबाट प्राप्त एकमुष्ट अंकलाई पूर्णांक ४० मा परिणत गरी सोहीबमोजिम प्राप्तांक निर्धारण गरिने उल्लेख छ । नियमावलीको यही व्यवस्थालाई आधार मानेर समितिले अंक गणना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित