पोखराका यि बोर्डिङको नाजुक अवस्था, सरकारी स्कुलमा विद्यार्थीको लर्को

कास्की । पोखरा एकेडेमीकी अनुस्का खराल विन्ध्यवासिनी मावि पोखरा–१६ बाटुलेचौरमा भर्ना हुन आइन् । ६ कक्षासम्म पोखरा एकेडेमीमा पढेकी उनलाई अंग्रेजी माध्यमको शिक्षा सरकारी विद्यालयमै पढ्न पाउने भएपछि निजी बोर्डिङको पढाई छोडेको उनले बताइन् । यस्तै अल्फा बोर्डिङवाट गौरव नेपाली पनि बोर्डिङको पढाई छोडेर विन्ध्यवासिनी माविमा पढ्न आएका छन् ।

यि मात्र हैन यो शैक्षिक सत्रमा करिव २०० जना विद्यार्थी विन्ध्यवासिनी मावि बाटुलेचौरमा भर्ना हुन आएका छन् । जसमध्ये १०० जना विद्यार्थीहरुले क्लास टेष्टमा पास गरी भर्ना हुन सफल भएका छन् । बाटुलेचौर आसपासका प्रगती बोर्डिङ, लामाचौरको अल्फा बोर्डिङ र सरस्वति बोर्डिङ मात्र हैन बगरको पास्कल बोर्डिङ र मासवारको मदरल्याण्ड बोर्डिङ, सिमलचौरको लिटिल स्टेप मावि, गैह्रापाटनको कुमुदिनी होम्स, नविल इन्टनेशनल रानिपौवा, एल एन्जल भुनपुरे, सूर्योदय बोर्डिङ, दिपवाट करिव १०० जना विद्यार्थीहरु विन्ध्यवासिनी माविमा आएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए ।हाल एक हजार विद्यार्थी अध्ययन गरिरहेको विन्ध्यवासिनी माविमा पढ्न विद्यार्थीहरुको लाम बढेपछि प्रवेश परीक्षा लिएर विद्यार्थी नोट गरेर भर्ना लिनु परेको प्रअ आचार्यले बताए ।

२००४ सालमा पंडित मुक्तिनाथ तिमल्सिनाको विशेष सकृयतामा स्थापित विन्ध्यवासिनी माविले नेपालको शैक्षिक इतिहासमा ठूलो विरासत धानेको स्थानिय वुद्धिजिवी झंकनाथ देवकोटा बताउँछन् । समयको माग र अंग्रेजी शिक्षा प्रति आकर्षण वढेपछि विन्ध्यवासिनी माविले ९ वर्ष अगाडि देखि अंग्रेजी माध्यमवाट पढाई सुरु गरेको थियो । नेपाली माध्यमबाट पढाउँदा विद्यार्थी घट्दै गएपछि अंग्रेजी माध्यमबाट पढाई सुरु गर्न परेको हो एक शिक्षकले भने ।

अंग्रेजी माध्यमको पढाई सुरु गरिएपछि वर्षेनी विद्यार्थी बढेको बढ्यै छन् । यहि गतिमा विद्यार्थी बढ्ने हो भने अब भौतिक संरचना र दक्ष जनशक्ति थप्नु पर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले बताइन् । विद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा नयाँ योजना ल्याएको छ ।

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमै पढाउन पर्ने अभियान शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिले लिएको  छ । आफूले पठाएको ठाउँमा आफ्नो बच्चा पठाउँदा सामुदायिक विद्यालय प्रति जनविश्वास बढ्न जाने र विद्यालयको समग्र शैक्षिक गुणस्तर वृद्धि हुने अपेक्षा राखेर त्यस्तो कदम उठाइएको शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेलले बताए । विन्ध्यवासिनी माविलाई सवैतिरबाट अव्वल र उत्कृष्ठ बनाउन यो अभियान सफल पार्न शिक्षक कर्मचारीले नैतिक रुपले साथ दिनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित