देशभर थप २८८ जनालाई कोरोना संक्रमण, १२७ जना कोरोनामुक्त

Corona_Update

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ४ हजार ७१ जनामा गरिएको पीसीआर परीक्षणमा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कारोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ । यस्तै नेपालमा शुक्रबार कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म ३ हजार ३८ जनाले कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित