सतिशलालको हस्तक्षेप बढेपछि एनसेलका सिइओले दिए राजिनामा

काठमाडौ :

एनसेलका प्रवन्ध निर्देशक सिमोन पर्किन्सले राजिनामा दिएका छन्। टेलियाबाट एनसेल टेकओभर गरेपछि सिमोन  एक वर्ष अघि अप्रिल २०१६ मा प्रवन्ध निर्देशक नियुक्त भएका थिए। सिमोनको स्थानमा एक्जियटाले एक जना श्रीलंकाली नागरिक पठाएको छ । सोमवार सिमोनले एनसेलको सिनियर म्यानेजमेन्टसँग नयाँ सिईओलाई परिचय गराएका छन्। उनले यही साता प्रवन्ध निर्देशक पदबाट राजिनामा दिनेछन्।

स्थानीय साझेदारबाट हस्तक्षेप बढेपछि राजिनामा दिए पनि सिमोन आगामी केही दिन काठमाडौंमै रहने स्रोतहरुले जानकारी दिए। ठूलो कम्पनीको टेकओभरका लागि केही समय लाग्छ, साथै सिमोन एनसेलको सञ्चालक समितिमा पनि भएका कारण उनी केही समय बसेपछि मात्रै नेपाल पूर्ण रुपमा छाड्नेछन्, स्रोतले भन्यो।

सिमोनले एनसेल मात्रै छाड्न लागेका हुन् अथावा एक्जियटालाई नै विदा गरेका हुन् त्यसको जानकारी भने अहिलेसम्म सार्वजनिक भएको छैन्। एनसेलको नयाँ सिईओ नियुक्तिका विषयमा पनि एक्जियटा र एनसेल दुवैले कुनै जानकारी दिएका छैनन्।

नेपाल आयल निगमपछि सबैभन्दा ठूलो रेभेन्यु भएको एनसेलमा स्थानीय साझेदारले हस्तक्षेप बढाएपछि सिमोन असन्तुष्ट थिए।आफ्नो योजनाअनुसार काम नगरेपछि स्थानीय साझेदार सतिशलाल आचार्य पनि प्रवन्ध निर्देशक सिमोनसँग असन्तुष्ट थिए। एनसेलको कर विवाद समाधान गर्ने उपाय तथा कम्पनीको आन्तरिक व्यवस्थापन लगायतका विषयमा सिमोन र आचार्यवीच ठूलो विवाद थियो। एनसेलमा सतिशका भाई सचिनलाल आचार्य बोर्ड डाइरेक्टर छन्।स्रोतहरुले दिएको जानकारीअनुसार सिमोन नेपाल सरकारसँगको कर विवाद सल्टाएर बिजनेस बढाउनुपर्छ भन्ने पक्षमा थिए। उनले त्यहीअनुसार एक्जियटाको व्यवस्थापनलाई रिपोर्टीङ समेत गरेका थिए।दुई महिना अघि एनसेल कर विवाद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पुग्नु अघि सिमोन ठूला करदाता कार्यालय समेत पुगेका थिए। उनी त्यहाँ एनसेलको तर्फबाट भुक्तानी गरिदिनुपर्ने अग्रिम करवापतको करिव १४ अर्व रुपैयाँ तिर्ने प्रतिवद्धता जनाउँदै विदा भएका थिए।उनले त्यहीअनुसार एक्जियटाको बोर्डलाई रिपोर्टिङ गरेको समेत स्रोतहरुले जानकारी दिए। तर सिमोनको प्रयास विपरित आचार्यले कर नतिरि मिलाउने लाईन लिएपछि दुवै बीच ठूलो विवाद समेत भएको थियो। सिमोनले स्थानीय साझेदारसँग भएको विवादको विषय केही नेपालका कर्पोरेटसँगको भेटमा खुलाएका समेत थिए।सिमोनको कर तिर्ने प्रस्तावविपरित आचार्यले कर भुक्तानी नगरी विवाद टेलिया तिर पन्छाउन प्रस्ताव प्रधानमन्त्री प्रचण्डकहाँ पुर्याएका थिए। त्यही प्रस्तावअनुसार प्रधानमन्त्री प्रचण्डले कर टेलियासँग उठाउने गरी क्याविनेटबाट निर्णय गराएका थिए। जुन निर्णयले व्याकफायर गरेपछि उनी आफ्नो प्रस्तावबाट पछि हट्नु परेको थियो।उता प्रधानमन्त्रीको प्रयासकै कारण एनसेलको कर विवाद अझ बढेर गएको थियो भने एनसेल प्रति पब्लिकको सेन्टिमेन्ट समेत विग्रिएको थियो। यसका लागि सिमोनले आचार्यलाई दोषी देखाउँदै आएका थिए।व्यवस्थापनमा पनि हस्तक्षेपआचार्य साझेदार भएर आएपछि एनसेलमा उनको हस्तक्षेप समेत बढेको छ। आचार्यले कर्मचारीको नियुक्ति, सरुवा बढुवादेखि एनसेलले गर्ने खरिदमा समेत हस्तक्षेप गरेका छन्। गाडी किन्नेदेखि घर भाडमा लिनेसम्म आचार्यको इन्ट्रेस्ट देखिन्छ, एनसेल स्रोतले भन्यो। टेलिया रहँदासम्म स्वतन्त्र रुपमा काम गरेका कर्मचारी स्थानीय साझेदारको हस्तक्षेपबाट दिक्क भएका छन्। उनीहरुले यसको रिपोर्टिङ प्रवन्ध निर्देशक सिमोनलाई गरेका थिए। -विजमाण्डुबाट

प्रतिक्रिया

सम्बन्धित