मन्त्रीका पिए संलग्न झापा अपहरण काण्डको नालिबेली

विर्तामोड । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु आचार्य र माओवादी निकट मजदूर संगठनका केन्द्रीय नेता लक्षमण बस्नेतसहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले खोजी गरिरहेको छ । आचार्य सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीका स्वकीय सचिव हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाले माओवादी केन्द्रमा केन्द्रीय सदस्यसमेत मुछिएको विर्तामोडको चर्चित अपहरणकाण्डको घटना सार्वजनिक गरी उनीहरूलाई खोज तलास गरेको जानकारी दिएको हो । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका चार जना मुख्य अभियुक्तलाई पनि सार्वजनिक गरेको छ ।

घटनाका मुख्य अभियुक्तसहित ५ जना अझैँ फरार रहेको झापाका एसपी शैलेस थापाले जानकारी दिए । फरार रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य, राजु आचार्य माओवादी केन्द्र निकट मजदूर संगठनका नेता लक्ष्मण बस्नेत, सगरमाथा टेलिभिजनका झापा सम्वाददाता पुजन घिमिरे, पत्रकार शम्भु दाहाल र ओम शिवाकोटीलाई झापा प्रहरीले खोजी गरिरहेको छ ।

झापाका प्रहरी प्रमुख क्षेत्रीले अभियुक्तको नेपाल–भारतका प्रहरीले समन्वय गरेर खोजी गरिरहेको बताए ।

बिर्तामोड– ५ का पुजन घिमिरे घटनाको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । घिमिरेले शनिश्चरे– ९ घर भएका जीवन बिष्टलाई अपहरण गरी भद्रपुर रोडको करोडौं मूल्य पर्ने ५ कठ्ठा १६ धुर जग्गा हत्याएका थिए । घिमिरेसहितका अभियक्तको टोलीले बिष्टलाई बिर्तामोडको एभरेष्ट होटलबाट अपहरण गरी गरामनीको शुभकामना पार्टी प्यालेसमा बन्धक बनाएर पेस्तोल देखाउँदै जबरजस्ती जग्गा पास गराएको आरोप छ ।गएको असार १९ गते घिमिरेले बिष्टको स्वामित्वमा रहेको त्यो जमिनमा होटल गर्ने प्रायोजनका लागि भाडामा लिएका थिए । शुरुमा ५ वर्षका लागि जमिन भाडामा लिँदा बिष्टको नागरिकतामा समस्या भएको पत्ता लागेपछि उनले फेरि अर्को ५ वर्षका लागि भाडामा लिन कागज गर्ने भन्दै बोलाएका थिए ।प्रहरीले घटनामा संलग्न भएको आरोपमा मेचीनगरका भूपु कान्छा भनिने अजय राई, राजु कुँवर, चन्द्रगढीका तेजेन्द्र न्यौपाने र प्रेम न्यौपानेलाई पक्राउ गरेको थियो । भूपु कान्छा कांग्रेसका प्रभावशाली स्थानीय कार्यकर्ता हुन् भने तेजेन्द्र जिल्ला प्रशासन कार्यालयका खरदार हुन् । प्रेम चन्द्रगढीको न्यौपाने स्टोरका सञ्चालक ह्ुन् भने कुँवर भुपु कान्छाका सहयोगी हुन् ।जमिन खरिद गर्न प्रेम न्यौपानेको बैंक खाताबाट १ करोड ७५ लाख रुपैयाँ निकालेको खुलेको छ । उनले ३० लाख रुपैयाँ नगद नै दिएको तथा पास खर्च १५ लाख गरेर जम्मा २ करोड २० लाख जतिको कारोबार भएको पाइएको प्रहरी भनाइ छ ।दैनिक नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित