यी ५ जिल्लामा दिँदैछ सरकारले भोली पनि सार्वजनिक विदा

काठमाडौँ । सरकारले सिरुवा(पवानी पर्वको उपलक्ष्यमा बिहीबार पाँच जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार २०७८ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म वर्षभरिमा दिइने सार्वजनिक बिदा गत चैत्र ९ गतेको राजपत्रमा प्रकाशित गरेको थियो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार नै २०७८ सालको सिरुवा-पावनी पर्व वैशाख २ गते बिहीबार पर्न गएकोले सो दिन पाँच जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित