सिलवालले मिटरब्याजमा फसाएका गुनवहादुर थापालाई कहाँको पक्राउ पुर्जी दिएका थिए ?

# म बिहान आफ्नो कानुन व्यवसायी शम्भुको थापा घर गएको थिएँ। त्यही बेला प्रहरी अधिकृतहरू आएर मलाई जबर्जस्ती अपहरण शैलीमा प्रहरी प्रधान कार्यालय लगे। ममाथि कुनै चार्च छैन। कुनै पक्राउ पुर्जी पनि छैन। कुनै चार्जविना जबर्जस्ती लगेर बयान लिने काम भयो। त्यो पनि कसले भन्दा मेरै विपक्षीले, जोसँग म लडिरहेको छु। उसैले पक्राउ गर्ने, उसैले बयान लिने, प्रपञ्च मिलाउने, फसाउने प्रकारको जुन गतिविधि भएको छ, यसले प्रजातन्त्रको खिल्ली उडाएको छ’। - डिअाइजी नवराज सिलवाल ।

-  'मेरो बुवालाई  ब्यक्तिगत कामले ललितपुरको मालपोत कार्यालयमा जाँदा बिना पोशाकका व्यक्तिले प्रहरी हुँ भन्दै पक्राउ पुर्जी बिनै उठाएर लगे ।   बुवा पक्राउ पर्ना साथ प्रहरी प्रधान कार्यलय, ललितपुर प्रहरी कार्यलय, हनुमाढोका लगायतका निकायहरुमा बुझ्दा कतै पनि नभएको जानकारी दिइयो ।  यी सबै हर्कत नवराज सिलावालको बुवालाई फसाउने योजना थियो । नेपाल प्रहरीको सिआईबी  जस्तो निकाय आफ्नो कार्य क्षेत्रको अधिकार समेत मिचेर चितवन प्रहरी भन्दै बिना पुर्जी अपहरणको शैलीमा ठुलै अपराधी समाए झै पक्राउ गर्छ र जबर्जस्ती बुवालाई कागजमा सहि गराउँछ ।' - सिलवालले मिटरब्याजमा फसाएका गुनवहादुर थापाका छोरा सागर थापा  

यि माथिका घटना फरक-फरक हुन तर पक्राउको शैली भने एउटै हुन । बर्दीको अाडमा मिटरब्याजमा पैसा लगानी गरी अर्काको घरजग्गा जबर्जस्ती कब्जा गर्ने सिलवाल आफै कानुनी फन्दामा परेका छन् ।  नवराज सिलवाल र गुनवहादुर थापा (शम्भु) बीचको लडाईं ६ बर्ष पुरानो हो।   सिलवालमाथि आरोप लागेको मिटरब्याज काण्ड यतिबेला चर्चामा छ ।  त्यही मिटरब्याज  काण्ड दबाउन र आफुलाई चोखो साबित गर्न  नारायणी डेभलपमेन्ट बैंकको कर्जा प्रकरणमा गुनबहादुर थापामाथि सिलवालले बैंकिङ कसुर लगाएर फसाएको भन्दै थापाका छोरा सागर थापाले राज्यका बिभिन्न निकाय गुहारे ।

तर कतै बाट पनि न्याय नपाएपछी उनी सर्बोच्च अदालतको शरणमा पुगे । थापाले व्यवसायको लागि बैंकबाट कर्जा लिए पनि नियमसंगत रुपमा सबै कर्जा चुक्ता गरिसकेको अवस्थामा पनि सीआईबीले योजनाबद्ध रुपमा थापालाई जेल हाल्ने काम गर्‍यो ।   गुनवहादुर  नारायणी डेभलपमेन्ट बैंकका कुनै कर्मचारी होइनन उनी कर्जा लिने व्यक्ती मात्र हुन ।

तर, लिएको कर्जा चुक्ता गरिसक्दा पनि थापाले भने जेलकै बास बस्नु परेको छ । घटना लुकाउन  डिआईजी सिलवालले मिटरव्याजमा ५ सय प्रतिशसम्म ब्याज लिएर ठगी गरे पछि नक्कली मुद्दा बनाएर जेल पठाएको भन्दै पीडित थापाका छोरा सागरले  सर्वोच्चमा रिट दायर गरेका थिए ।  तर उक्त रिट सिलवालकै सेटिङमा खारेज भएको सागर बताउंछन् ।सिलवालले दर्ता गराएको र सिलवालको पक्षमा पक्षमा अधिवक्ता कपिलदेव ढकालले दर्ता गरेको रिट भने प्रधानन्यायधिस सुशिला कार्कीले भोलीपल्टै दर्ता सुनुवाई गरेर आदेश गराएकी थिइन । तर, सागरले दायर गरेको रिट न्यायधिस इश्वर खतिवडाले खारेज गरेसँगै उनले न्यायको आश नै मारेका थिए  ।  सोमबार सिलवाल नै पक्राउ परेको खबर सुनेपछी आफ्नो बुवामाथि  सोच्दै नसोचेको र कल्पना नै नगरेको झुटो मुद्दा लगाएर फसाउने सिलवाललाई बुवाको सरापले पोलेको सागर दाबी गर्छन् ।ढिलै भए पनि न्यायको आश पलाएको सागर वताउँछन् । गत चैत २८ गते सरकारले डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको आइजी नियुक्त गरेपछि भोलिपल्ट अदालत खुल्ने बित्तिकै डिआइजी नवराज सिलवाल कार्यसम्पादन मूल्याङकनमा अर्यालभन्दा आफू अगाडि रहेको दावी गर्दै अदालत पुगेका थिए। उनले आफ्नो र अर्यालको कार्यसम्पादन मूल्यांकन फाइल अदालतमा बुझाएका थिए।सिलवालले अदालतमा बुझाएको फाइल सरकारी रेकर्डमा भएको भन्दा फरक परेपछि प्रधानमन्त्री, महान्यायाधिवक्तालगायतको बैठकले सिलवालले किर्ते गरेको ठहर गरिसकेको छ ।कार्यसम्पादन मूल्यांकनमा कीर्ते गरेको भन्दै सरकारले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सोमबार सिलवाललाई नियन्त्रणमा लिएको थियो। यसरी कानुन हातमा लिएर गैरकानुनी काम गर्दा सिलवाल आँफै प्रहरी फन्दामा परेका छन् ।सिलवाल नै प्रहरीको फन्दामा परेपछी सागर भन्छन् - ' मेरो बुवालाई झुटो मुद्दा लगाएर जेल पठाउने सिलवालमाथि छानविन गरी कारवाही गर्न ढिला गर्नु हुँदैन। सिलवाल बाहिर हेर्दा राम्रा देखिन्छन् तर भित्र भने उनी गलत धन्दाले दुशित भैसकेका छन् , मेरा बुवा जस्ता उनका थुप्रै पीडित छन् ति सबैले न्याय पाउनु पर्दछ । ' 

प्रतिक्रिया

सम्बन्धित