सतिशलालले नातेदरलाई एनसेलको डिलर बनाउन खोजेपछि व्यवसायीहरु आन्दोलनमा

तस्बिर: नयाँ पेजबाट

काठमाडौं। कर छली गरेर डिलर खारेज गरेको विरोधमा एनसेलको केन्द्रिय कार्यालयमा डिलर व्यवसायीहरुले प्रदर्शन गरेका छन् । एनसेलको ८० प्रतिशत शेयर खरिदकर्ता मलेसियन कम्पनी एक्जियटाको डिजाइनमा २० प्रतिशत नेपालीको प्रतिनिधत्व गर्ने सतिशलाल आचार्यले  अवैध रुपमा जोनल एजेन्ट खडा गरेर दश वर्ष देखि काम गर्दै आएका डिलरहरुलाई खारेज गरेपछि एनसेल डिलर एसोसिएसनमा आवद्ध डिलर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले सोमबार एनसेलको केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् । सम्झौताको समयावधी बाकी रहदै एनसेल व्यवस्थापनले आफुहरुलाई हटाएको भन्दै उनीहरुले जोनल एजेन्ट खारेज नगरे सम्म एनसेलमा धर्ना जारी राख्ने बताएका छन् ।

सतिशलालले आफ्ना नातेदरलाई अबैध रुपमा डिलर बनाउन खोजेपछि डिलर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन । एसोसिएसनका अध्यक्ष संजय कुमार अग्रवालले एनसेललाई यो अवस्था सम्म ल्याइपुर्‍याउन डिलरहरुको ठुलो भूमि रहेको भन्दै विगतको सम्झौता अनुसार एनसेल व्यवस्थापन अघि नबढे शसक्त आन्दोलनमा उक्रने चेतावनी दिए ।

एनसेलको नेपालभर एकसय ५ वटा डिलर र ५ वटा वितरक रहेका छन् । उनीहरुले सन् २००५ देखि एनसेलको सिम, रिचार्जकार्ड विक्री वितरण गर्दै आएका छन् । एसोसिएसनका महासचिव उमेश श्रेष्ठका अनुसार एनसेलसँग अझै एक वर्ष सम्झौता बाँकी रहेको छ ।एनसेलले नेपाल सरकारलाई कर तिर्नुपर्छ भन्ने दबबा दिएकाले संघप्रति पूर्वाग्रही भएर यस्तो निर्णय गरेको हुन सक्ने महासचिव श्रेष्ठले बताए । ग्राहकले कर नतिरे सिमकार्ड तथा रिचार्ज कार्डकिन्दैनौ भन्ने गुनासो गरेपछि आफुहरुले एनसेललाई करतिर्न दबाब दिएकै कारण यस्तो अन्याय गरेको हुन सक्ने उनले बताए ।

उनीहरुले आइतबार काठमाडौंका वितरकहरु स्याटलाइट नेपाल प्रालि, डिजिटेक डटकम डट एनपी प्रालि, ओम सोलुसन प्रालि, मोविलन ट्रेड इन्टरनेशनल प्रालि र सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालिमा तालाबन्दी गरेका छन् । त्यस्तै पोखरामा खोलिएको एनसेल जोनल एजेन्ट प्राइम एक्सेस प्रालिको कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित