यी हुन् जिम्मेवारी फेरिएका अर्थका १० सहसचिव (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ। अर्थमन्त्री बिष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन्।

मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिव थानप्रसाद पंज्ञानीलाई सह महालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ।

यस्तै वीरगन्ज भन्सारका प्रमुख महेश आचार्यलाई मन्त्रालय तानेरविश्वप्रसाद अर्याललाई वीरगन्ज भन्सारमा पठाइएको छ।

यसैगरी अर्थका सहसचिव अच्युत शिवाकोटी भन्सार जाँचपास कार्यालय, उमाकान्त आचार्यलाई सहमहालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ।

हेर्नुहोस् को कहाँ?

  1. थानप्रसाद पंगेनीः सहमहालेखा नियन्त्रक
  2. अच्युतप्रसाद शिवाकोटीः प्रमुख जाँचपास प्रशासक
  3. उमाकान्त आचार्यः सहमहालेखा नियन्त्रक
  4. इश्वरप्रसाद अर्यालः उपमहानिर्देशक, भन्सार विभाग
  5. बाबुराम सुवेदीः कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
  6. विश्वप्रसाद अर्यालः वीरगन्ज भन्सार प्रमुख
  7. महेश भट्टराईः अर्थ मन्त्रालय
  8. महेश आचार्यः अर्थ मन्त्रालय
  9. बाबुराम भण्डारीः सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
  10. भूमिराम शर्माः सदस्य सचिव, नेपाल राजश्व परामर्श विकास समिति

प्रतिक्रिया

सम्बन्धित