छिमेकीको नियतिः एकैदिन २ लाख ७५ हजार नयाँ संक्रमित थपिए

ind

काठमाडौं । पछिल्लो समय कोरोनाको हटस्पट बनेको भारतमा कोरोना संक्रमित डेढ करोड नाघेका छन् । त्यस्तै एकदिनमा १ हजार ६ सय २५ जनाले ज्यान गुमाएका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७५ हजार ३ सय ६ जना थप संक्रमित थपिएसँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ५० लाख ५७ हजार ७ सय ६७ पुगेको छ । त्यस्तै हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७८ हजार ७ सय ९३ पुगेको छ ।

भारतमा कोरोनामुक्त हुनेको संख्या १ करोड २९ लाख ४८ हजार ८ सय ४८ पुगेका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमिको संख्या १४ करोड १९ लाख ८६ हजार ९ सय ९१ पुगेको छ भ ने ६ लाख ९९ हजार ७ सय ३९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित