घाइते साथीले मतदान गर्ने नपाएकोमा गगन थापाको चिन्ता

काठमाडौँ ।  प्रतिनिधि सभाका लागि काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेद्वार गगनकुमार थापाले  मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।

थापाले मतदान  गरेपछी आफूमाथि आक्रमणको प्रयास भए पनि  हिंसाको विपक्षमा रहेको भन्दै तत्काल घरदैलो देखिका सबै कार्यक्रममा सहभागी भएको बताए। उनले  आफ्नो मतदान हिसा विपक्षको लागि भएको उल्लेख गरे ।

चुनावी प्रचारका क्रममा काठमाडौंको चपलीमा विस्फोटमा परी थापा सहित केही घाइते भएका थिए। आफ्ना घाइते साथीले मतदान गर्ने नपाएकोमा उनले चिन्ता व्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित