काठमाडौंमा १ हजार ५१ सहित देशभर थप २३५१ जनामा कोरोना पुष्टी

Corona_Update

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षणमा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित