डिआईजी सिलवाल आजै निलम्बनमा पर्ने !, कारबाहीबाट जोगिन चोर बाटो अपनाएको खुलासा

काठमाडौं : सरकारले डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्ति गरे देखि नै सरकार विरुद्ध नै लड्दै आएका नेपाल प्ररहीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) प्रमुख डिआइजी नवराज सिलवालले कारबाहीबाट बच्न चोर बाटो अपनाएको खुलासा भएको छ ।

सर्वोच्च अदालतले डिआईजी चन्दको नियुक्ति प्रक्रिया खारेज गर्दै नयाँ आईजीपी नियुक्ति गर्न आदेश जारी गरे लगत्तै सरकारले कार्य सम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेका डिआईजी प्रकाश अर्याललाई आईजीपीमा नियुक्ति गरेपछि पनि डिआईजी सिलवालले आफू एक नम्बरमा रहेको दावी गर्दै सर्वोच्चमा किर्ते कागजात बुझाएर आईजीपी आफू हुनुपर्ने भन्दै मुद्दा हालेका थिए ।

सोही कारण सरकारले डिआइजी विजयकुमार भट्टको नेतृत्वमा सिलवालमाथी छानविन समिति गठन गरेपछि उनले आफू बच्नका लागि सर्वोच्च अदालतमा आइतबार नैआफुलाई पक्राउ नगर्न अन्तरीम आदेश दिन रिट दायर गरेको थिए । उक्त रिटको पेशी मंगलबार (भोली) लाई तोकिएको छ । तर, महानगरीय शसस्त्र प्रहरी गण नं २ का गणपति एसपी विक्रम चन्दको नेतत्वको प्रहरी टोलीले उनलाई आज पक्राउ गरेको हो । सर्वोच्चमा दायर गरिएको रिटमा आफुलाई सरकारले फसाउन खोजेको दाबी गर्दै पक्राउ पुर्जी जारी नगर्न अन्तरिम आदेशको माग गरिएको छ । सर्वोच्चको आदेश आउनुअघि नै सिलवाल पक्राउ परेका हुन् । सिलवालले प्रहरी कार्यसम्पादन मुल्याङ्कन फाइल किर्ते बनाउँदै प्रकाश अर्यालको ठाउँमा आफ्नो नाम लेख्दै किर्ते बनाएको सरकारको आरोप छ । सिलवालले सरकारी सुचना चुहाएको र किर्ते गरेको आरोपमा छानविन गर्न डिआइजी भट्टको नेतृत्वमा छानविन समिति समेत गठन गरेको थियो । पछिल्लो समय मिडियाबाजी गर्दै आएका सिलवालले आफुलाई पक्राउ गर्नुअघि नै रिट दायर गर्नु न्यायक्षेत्रमै अनौठौं घटना हो । सरकारले छानविन प्रक्रिया अगाडी बढाउन सिलवाललाई पक्राउ गरिसकेको अवस्थामा सर्वोच्चले कस्तो आदेश दिन्छ वा रिट खारेज गर्छ यसलाई निकै महत्वका साथ हेरिएको छ । सिलवाललाई बयानका लागि प्रहरी प्रधान कार्यालयमा लगिएको छ । प्रहरी उच्च स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले आजै डिआईजी सिलवाललाई निलम्बन गर्न सक्ने छ । सिलवाल तिनै व्यक्ति हुन्, जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३३ किलो अवैध सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका एसपीलाई पक्राउ गरेका थिए । तर, आज उनै सिलवाल किर्ते गरेको अभियोगमा पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित