दुई न्यायाधीश र अदालतका १२ कर्मचारीमा कोरोना पुष्टी
वीरगञ्ज – जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश र उच्च अदालतका १२ कर्मचारीलाई कोरोना पुष्टी भएको छ ।
बुधवार वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शङ्कास्पद १ सय ९२ जनाको स्वाबको नमुना परीक्षण गर्दा अदालतका १२ कर्मचारीसहित ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।
सङ्क्रमितमध्ये दुई न्यायाधीश, १२ उच्च अदालतका कर्मचारी छन् । त्यस्तै संक्रमित ८८ मध्ये ६४ पुरुष र २४ जना महिला छन् । पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका १र१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्साका ७९ सङ्क्रमितमध्ये ७६ जना वीरगञ्जका र ३ जना बहुदरमाई नगरपालिकाका छन् ।
४ देखि ७८ वर्षका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३४ रहेको नारायणी अस्पतालले जानकारी दिए ।
प्रतिक्रिया