एक्सनमा उत्रिए अाईजीपी अर्याल, दुई प्रहरी निलम्बित

काठमाडौं।  प्रहरी रिपोर्ट लिन आएका व्यक्तिहरुसँग रकम उठाउने गरेको प्रमाण भेटिएपछि प्रधान कार्यालयले २ जना प्रहरीलाई निलम्वन गरेको छ । घुस लिएर प्रहरी रिपोर्ट बनाइदिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि अाईजीपी प्रकाश अर्यालले चालचलन शाखामा कार्यरत प्रहरी हवल्दार शिवराज सिलवाल र प्रहरी जवान नगेन्द्रप्रसाद रिजाललाई  निलम्बन गरेका हुन्।  उनीहरुमाथि अाईजीपीकै सचिवालयले छानबिन गरिरहेको छ।

अाईजीपीमा नियुक्त भएपछि अर्याल पुरै एक्सनमा उत्रिएका छन् । अाईजीपी अर्यालले काम भन्दा बढी हल्ला गर्ने र वर्दीको आडमा घुस खाने  प्रहरी अधिकारीलाई पनि निगरानीमा राखेका छन् ।

अर्यालले अाईजीपीमा नियुक्त भएलगत्तै  भष्ट्राचारमा संलग्न कर्मचारीमाथि कठोर निर्णय लिइने बताएका थिए। अर्यालले  केन्द्रिय अनुसन्धान ब्युरोमा बसेर आचरणबिपरित काम गर्ने केही  प्रहरीलाई प्रधान कार्यालय झिकाइसकेका छन् । अाईजीपी अर्याल मध्ये क्षेत्रको डिअाइजी छँदा पनि स्टिङ् अप्रेशन गरी दर्जनै प्रहरीलाई घुस सहित पक्राउ गरी कारवाही गरेर चर्चा कमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित