नेपालमा एकैदिन थपिए ३५५६ संक्रमित, ३७८ कोरोनामुक्त, १२ जनाको मृत्यु

Corona_Update

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५ जना ५६ संक्रमित फेला परेका छन् ।

१२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड—१९ बाट ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित