वाइसिएल नेपालको मध्यपुर थिमी -३ नम्बर वडा भेला सम्पन्न, संयाेजकमा सापकाेटा चयन

भक्तपुर । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल, नेपालले मध्यपुर थिमिको वडा नं. ३ मा वडा भेला सम्पन्न गरेको छ । संगठन विस्तारलाई प्रमुख मुद्दा बनाएर आयोजना गरिएको उक्त वडा भेलामा ३ दर्जनबढी युवाहरु वाईसिएल नेपालमा समाहित भएका थिए ।

सोमवार सम्पन्न वडा भेलामा उक्त वडाका ३ दर्जन युवाहरु विभिन्न पार्टी परित्याग गर्दै वाइसिएलमा संगठित भएका र उनीहरुलाई संगठनको सदस्यता वितरण गरी संगठित गरिएको निर्वाचन क्षेत्र नम्बर २ का संयोजक नरेश रन्जितले जानकारी गराए । नवप्रवेशी युवाहरुले वाइसिएल र माओवादी परिवर्तनको पर्याय भएकोले यसको सदस्य हुनपाउदा गर्व लागेको प्रतिक्रिया दिएका थिए ।

कौसल्टारस्थित वेभ सेकुवा कर्नरमा सम्पन्न वडा भेलाबाट एक छयालीस सदस्यीय वडा कमिटी समेत चयन गरिएको छ । उक्त कमिटीमा अमन सापकोटा संयोजक र सुनिल रंजित सहसंयोजक चयन भएका छन् ।

उक्त अवसरमा वाइसिएलका भक्तपुर ईन्चार्ज एवं केन्द्रिय सदस्य दिनेश थपलिया आक्रोश, जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य नरेश वाईवा, भक्तपुर २ नम्वर निर्वाचन क्षेत्रका अध्यक्ष तथा बागमती प्रदेश सदस्य नरेश रंजित, राजु कुटु, कान्छा कुमार कुटु लगायतको उपस्थिति रहेको थियो।

भेलालाई सम्बोधन गर्दै वाइसिएलका भक्तपुर ईन्चार्ज दिनेश थपलिया आक्रोशले युवाहरु जागेपछि प्रतिगामीहरुको निन्द हराम हुने हुँदा युवाहरु सदैव जागा रहनुपर्नेमा जोड दिए । सुशासन र समाज रुपान्तरणका लागि लागिपर्न समेत उनले उक्त अवसरमा युवाहरुलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित