संक्रमित पूर्वराजदम्पती अक्सिजन सपोर्टमा, छोरी प्रेरणाको अक्सिजन सपोर्ट बिना उपचार हुँदै

King_

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार जानकारी गराएको छ ।

कोरोना संक्रमित भएपनि पूर्वराजा दम्पत्ति वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।

कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरु तीनै जनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित