छिमेकीको नियतिः भारतमा ३ लाख ६२ हजार बढी संक्रमित थपिए, मृतक संख्या २ लाख नाघ्यो

ind

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ । पछिल्लो समय अत्याधिक मात्रामा संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा ३ हजार २८५ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा ३ लाख ६२ हजार ९ सय २ जना संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७९ लाख ८८ हजार ६३७ पुगेको छ ।

भारतमा हालसम्म १ करोड ४८ लाख ७ हजार ७ सय ४ जना कोरोनामुक्त भइसकेका छन् भने हाल सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित