बैशाख ३१ मा पहिलो र जेठ ३१ मा दोस्रो तहको स्थानीय निर्वाचन

काठमाडौं : सरकारले चार वटा प्रदेशमा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख ३१ गते र जेठ ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिअनुसार सरकार दुई चरणमा  निर्वाचन गर्ने निर्णयमा पुगेको हो । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शमा दोस्रो चरणको निर्वाचनको मिति तय गरेको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । अब प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरण अर्थात बैशाख ३१ गते चुनाव हुनेछ । प्रदेश नम्बर १, २, ५ र ७ मा भने दोस्रो चरण अन्तरगत जेठ ३१ गते निर्वाचन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित