हिमालय एयरबाट नेपाल भित्रिएका यात्रुमा कोरोना पुष्टी, २२ जना आइशोलेशनमा

himalayan

काठमाडौं । साउदी अरबबाट त्रिभुवन विमानस्थलमा ल्यान्ड गरेको हिमालय एयरलाइन्सको विमानमा कोरोना संक्रमित फेला परेका छन्।

दिउँसो १२ः३९ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरेको फ्लाइट नम्बर एच ९–५६६ कलसाइनको विमानमा कोरोना संक्रमित फेला परेका हुन्।

सो जहाजमा १३७ यात्रु थिए। संक्रमितको वरपरका पाँचवटा रोको सिटमा रहेका २२ जनालाई आइशोलेशनमा राखिएको छ। विमानस्थलमा यात्रुको कोरोना परिक्षणका क्रममा यात्रुमा फेला परेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित