तीन सर्त राखेर दुई चरणमा निर्वाचन गराउन निर्वाचन आयोग सहमत

काठमाडौं : झण्डै दुई दशकपछि हुन लागेको निर्वाचन पनि मुलुकभर एकैपटक नहुने भएको छ । मधेशी मोर्चाका कारण सरकारले दुई चरणमा निर्वाचन गर्ने जनाएको छ । यता, निर्वाचन आयोगले भने स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमतिप्रति सकारात्मक देखिएको छ । तर, उसले तीन सर्त राखेको छ । सरकार र मधेसी मोर्चाबीच शनिबार स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको थियो । त्यसअनुसार मन्त्रिपरिषद्बाट निर्णय गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगको पदाधिकारीसँग परामर्श गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीहरु राजनीतिक सहमति अनुसार दुई चरणमा चुनाव गर्न सहमत भएको छ ।  निर्वाचन आयोगका पदाधिकारीहरुले दुई चरणमा चुनाव गर्दा पनि मतदाता नामावली, मतदाता परिचय पत्र र मतपत्र अहिलेकै कायम रहने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित