निषेधाज्ञामा कडाइ गर्दै जिल्ला प्रशासन, अनुगमनमा निस्किए प्रजिअ

काठमाडौं । काठमाडौं प्रशासनले जारी निषेधाज्ञालाई थप कडा पार्ने भएको छ । शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सो काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैँ अनुगमनमा निस्किएका छन् । कोरोनाको दोस्रो लहरले निम्त्याएको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको निषेधाज्ञा कडाइका लागि प्रजिअ पराजुली आफैँ अनुगमनमा निस्किएका हुन् ।
शुक्रवार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गरेको थियो । शनिवार सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षा अधिकारी, काठमाडौँका मेयर विद्यासुन्दर शाक्यसाथै पराजुली पनि अनुगमनमा निस्केका हुन् ।
‘निषेधाज्ञाको पूर्ण पालना भएको छ, २० गते पुनः बैठक बसेर निषेधाज्ञालाई थप कडाइ गरिने छ’ शनिवार अनुगमनका क्रममा प्रजिअ पराजुलीले भने,‘आज सार्वजनिक यातायात पनि चल्न दिइएको छैन, हिजो अस्ति भन्दा कडाइ पनि गरिएको छ, भिडभाड हुन दिइएको छैन ।’
अनुगमनका क्रममा प्रजिअ पराजुली, काठमाडौँका मेयर शाक्यसहितको टोलीले वीर अस्पतालको नयाँ भवनको पनि अनुगमन गरेको उनले बताए ।
कोरोना सङ्क्रमित बिरामीहरूका लागि वीर अस्पतालको नयाँ भवन पनि छिट्टै सञ्चालन गरिने उनको भनाइ छ । उनले भने, ‘मेयर सहितको टोलीले वीर अस्पतालको पनि अनुगमन गरेका छौँ, यहाँको नयाँ भवनलाई छिट्टै व्यवस्थापन गरिने छ, भवन छिट्टै सञ्चालनमा आउने छ ।’
प्रजिअ पराजुली निषेधाज्ञा लागू भएको दिनदेखि नै अनुगमनमा निस्किएका छन् ।
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_67lqWbfyxs_o98aopr6s3w1l1lneavqldaslrumlqhducsbbr6pmxwy4qrpzsj9kgvgmb34.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_E8EcCh18gd_0mrpfphb7ratzrl4m9tjriaogvdrx13lclmevxnf6eqgitziqbbeausemytv.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_CRp3d2KLE5_hhwxyd87fcosoxchl3nu3d9dpzv5jzbudjcttjgn4ieh56naima4krjryeqq.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_BATuMzTHYe_2cc6dhaz7vxll6ni0m2zipmncflperyxjeooj8mqaygp7w8fgqoobbens5hi.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_xVG5553BNS_l2sqj0y6r3x2gkefdbgv10fv3t4eganeuozdy3y9ee3vwnitwpsvpvkwqagb.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_Zx6oyUDx4a_eksskuzhblosut17tbi2g6f6i1j8ck3egr3vrntt2gx4q8vrr2ljtoc8cppd.jpg)
विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
_jFx0DhlVmJ_qezb0io8wnz55edivq9zzjjpjkrceepov67gl1vldov86bk2yqbmldk5uxjh_UjJOKn2OIv_drb0kq7r1rzm9640fz965guq8laof08kbfic5z7xyf8u8msysv6acnu1oqme.jpg)
प्रतिक्रिया