को हुन् त ती ४ सांसद जसलाई देखियो कोरोना संक्रमण ?

4 samsad

काठमाडौं । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना पोजेटिभ देखिएको छ। उनीहरुसँगै संसद सचिवालयका ३ कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

२७ वैशाखमा बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको संघीय संसदका प्रवक्ता डा। रोजनाथ पाण्डेले बताए।

संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन्। कर्मचारीहरुको नाम खुलाइएको छैन। बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो।

सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित