डाक्टरको परिक्षामा 'ब्लुटुथ’बाट चिट चोरी

काठमाडौं । चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ ।

शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले सञ्चालन गरेको परीक्षामा चिट चोर्ने चिकित्सकद्वय डा अभिषेक आचार्य र डा मनसा भोहरा पक्राउ परेका हुन् ।

आचार्य कमलपोखरीस्थित किस्ट कलेज तथा भोहरा महाराजगन्जस्थित त्रिवि नर्सिङ कलेजबाट पक्राउ परेका हुन् । कानमा ब्लुटुथ लगाएर उनीहरूले बाहिरबाट चिट चोर्ने गरेको खुलेपछि पक्राउ गरी प्रहरीलाई बुझाइएको थियो ।

उनीहरूको ब्लुटुथ डिभाइसमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । परीक्षाहल बाहिरबाट उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।पक्राउ परेकी २७ वर्षीय भोहरा भारतीय नागरिक हुन् । दुवैजनाले एउटै तरिकाबाट चिट चोरेकाले यसमा कुनै गिरोहले उनीहरूलाई सहयोग गरेको प्रहरी आशंका छ ।एमडी अध्ययनका लागि धेरै पैसा पर्ने र नाम निकाल्ने गाह्रो हुने भएकाले यसमा चलखेल भएको आशंका गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले दुवै चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।चिकित्सा अध्ययन संस्थानले उनीहरूको परीक्षा रद्द गरी अनुसन्धानका लागि प्रहरीमा बुझाएको हो । चिट चोरेकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले तारेखमा उनीहरू छुटेको महाराजगन्ज वृत्तका डिएसपी गोविन्द पुरीले बताए ।महानगरीय अपराध महाशाखाले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ । काठमाडौं महानगरपालिका–३५ का ५५ वर्षीय भोला अधिकारी, ४५ वर्षीय पुरुषोत्तम ढकाल र ७० वर्षीया कान्छी खड्का छन् ।घाइते ३० मध्ये १६ जनालाई जिल्ला अस्पताल मुस्ताङमै उपचारका लागि राखिएको छ । गम्भीर घाइते भएका १४ जनालाई थप उपचारका आर्मीको हेलिकोप्टरमार्फत पोखरा लगिएको छ । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।घाइते यात्रुहरूको पोखरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले जानकारी दिए । बसमा अधिकांश तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ ।घटनास्थल पुगेर सेनाको ट्रकबाट मृतक, घाइते र सबै यात्रुको सामान सदरमुकाम जोमसोम ल्याइएको थियो । सवारीचालक विराज केसीको लापरबाहीले दुर्घटना भएको घाइते यात्रुहरूले आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित