पूर्वराजा ज्ञानेन्द्रले जिते कोरोना, पूर्वरानीको उपचार जारी

Gyanendra

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन् । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई बुधबार साँझ डिस्चार्ज भएका छन् । 

कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उनी पूर्व महारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्यमा निकै राम्रो सुधार भएको थियो । कोरोनाका लक्षणहरु हराएपछि उनको ४ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । उनलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आइसियूबाट वार्डमा सारिएको थियो । उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।

प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँग अस्पतालमै छिन् । पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो ।

प्रतिक्रिया

सम्बन्धित