मेडिसिटी अस्पतालभित्रै मदनकृष्णको ७१ औं जन्मदिन सेलिब्रेसन

madan

काठमाडौं । कोरोना संक्रमणपछि राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत कलाकार श्रेष्ठका परिवारले अस्पतालमै गएर जन्मदिन मनाइदिएका छन् । पीपीई सेटमा रहेका दुईजनाले कलाकार श्रेष्ठको  कानमा फूल सिउरिदिए भने खादा पनि ओढाईदिएका थिए ।

सोही क्रममा कलाकार श्रेष्ठले आजदेखि आफूले कोरोनालाई जितिसकेको बताए । अस्पतालको बेडबाट बडो फूर्तिका साथ लबीसम्म आइपुगेका श्रेष्ठको शारिरीक हाउभाउ हेर्दा उनी निकै तन्द्रुस्त देखिन्थे ।

उनलाई खादा ओढाईसकेपछि प्रस्तुत गरेको सानो भिडियो सन्देशमा मदनकृष्णले आफ्नो जन्मदिन वर्षको ३ पटक पर्ने बताए । उनले आफ्नो जन्मदिन ७ वैशाख र पासपोर्टमा १९ अप्रिल र तिथीको हिसाबले अक्षय तृतीयाको दिन मनाउने बताए ।

उनले आफू अब आजदेखि ७१ वर्ष पुगेको र आजैदेखि कोरोनाविरुद्ध जित हात पारेको बताए ।

Madan_3

सोही क्रममा उनकी छोरी सराना श्रेष्ठले लेखेकी छिन्, आज अक्षय तृतीया , नेपाली तिथि अनुसार को दिन मा पर्ने हाम्रो बुबाको Birthday मा हामी परिवार सबै जना ड्याडी लाई वहाँ को जन्मदिन मा सामाजिक दुरी क़ायम राखदै Medicity Hospital मा सर्प्राइज़ भिजिट गर्नगयौं।

Daddy को स्वास्थ मा सुधार आएको छ ! हामीलाइ देखे पछि हाम्रो मन राख्न अझै फुर्ती पनी बढाऊनु भो।

यो video मा बुवा ले दिनु भएको message ले अबश्य पनि कोरोना संग लडी रहनु भएको सबैमा केहि न केहि सकारात्मक भावना अनि हौसला बढाऊन मद्दत गर्ने छ होला भन्ने आशा राखेका छौं !

Happy Birthday once again Daddy! Love you.

 

प्रतिक्रिया

सम्बन्धित