रेयूकाईकी विवादित पूर्व अध्यक्ष जोशीको लायन्समा उम्मेद्वारी

shova_jee-600x0काठमाडौं : ‘द रेयूकाई नेपाल’ की पूर्व अध्यक्ष शोभा जोशीले लायन्स क्लब ईन्टरनेशनल नेपाल एटुको पाँचौ राष्ट्रिय जिल्ला महाधिवेशनमा उम्मेदवारी घोषणा गरेकी छिन् । विवादमा परेकी लाइन जोशीले द्धितिय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी हुन् । लायन्स एटुको महाधिवेशन यहि बैशाख ९ गते शनिबार हुँदैछ । लायन जोशीलाई पूर्व गर्भनर पंकज प्रधानलगायतको समर्थन रहेको चर्चा छ । जोशीमाथि रेयूकाई नेपालमा रहँदा आर्थिक हिनामिना गरेको आरोप छ । उनीमाथि भ्रष्टाचारको मुद्दा पनि परेको थियो । जोशी विवादमा तानिएपछि उनको कार्यकाल नसकिँदै रेयूकाईको मुख्यालयले पदबाट हटाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । उनले रेयूकाईमा रहँदा रकम हिनामिना गरेको खबर विभिन्न अनलाइन र पत्रपत्रिकामा त्यतिबेला सार्वजनिक भएको थियो । त्यसो त, आर्थिक अनियमिततामा मुछिएका दर्जनौंलाई रेयूकाईको मुख्यालयले साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्दै आएको छ । जसमा ‘द रेयूकाई नेपाल’ का पूर्व अध्यक्षहरु क्रमशः शोभा जोशी र श्याम बस्याललगायत चर्चित नाम हुन् । ‘द रेयूकाई नेपाल’ का पूर्व अध्यक्षहरु शोभा जोशी र श्याम बस्याललाई मात्र नभई अन्य दर्जनौंलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको बर्तमान कार्यबहाक अध्यक्ष प्रविनकुमार गुरुङले बताए । यूरेशिया रेयूकाईको प्रधान कार्यालयले जोशी साधारण सदस्य समेत नभएको पुष्टि गरेको छ । एक दशक अघि रेयूकाई भन्ने संस्थामा बदनाम भएकी लाइन जोशीले अहिले लाइन्स क्लबको एटुबाट उम्मेद्वारी दिएपछि नकारात्मक टिप्पणी सुरु भएको हो । नाम उल्लेख नगर्ने सर्तमा लायन्सका एक पूर्व गर्भनर भन्छन्–‘नैतिकरुपमा पतन भएका व्यक्तिलाई नेतृत्वमा ल्याएर लाइन्सको गरिमा घटाउनु हुन्न् । लाइन्सको नेतृत्व स्वच्छ छवि भएको बौद्धिक व्यक्तित्वले लिनुपर्छ ।’ उता लाइन जोशीको प्रतिस्पर्धीका रुपमा ब्यवसायी तथा समाजसेवी केशरबहादुर भण्डारीको उम्मेदवारी परेको छ । भण्डारी र जोशीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।हाल एटुको द्धितिय उपाध्यक्षमा सुदर्शनधर प्रधानाङग् रहेका छन् । प्रथम उपाध्यक्ष स्वतः गर्भनर हुने प्रावधान छ । हाल प्रथम उपाध्यक्षमा डिआर खनाल रहेका छन् । महाधिवेशनपछि खनाल स्वत डिस्ट्रिक गर्भनर हुनेछन् भने प्रधानाङग् प्रथम उपाध्यक्ष । लाइन्स क्लबको बी–वान र बीटुको महाधिवेशन सम्पन्न भइसकेको छ । ए–वानको आगामी बैशाख २३ गते महाधिवेशन हुनेछ । लाइनवादको सिद्धान्तलाई आत्मसाथ गर्ने हो भने लायन जोशीले लाइन्सको एटु पाँचौ राष्ट्रिय महाधिवेशनमा दिएको उम्मेदवारी स्वभाविक नभएको अधिकांश लायन बताउँछन् । लायनवादले कुनै पनि नैतिकपतन भएका, भ्रष्टाचारको दाग लागेका वा कारबाहीमा परेका व्यक्तिहरु उम्मेदवार बन्न नपाउने मात्र नभई सदस्य नै बन्न नहुने सिद्धान्त अनुशरण गर्छ । नैतिकरुपमा पतन तथा भ्रष्टाचारको दाग लागेका व्यक्ति लायन्सको नेतृत्वमा पुगे लाइन्सको भविश्य कस्तो होला ? भन्ने विषयले दर्जनौं लायनहरुको चिन्ता बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित