भारतमा संक्रमित संख्या घट्दोक्रममा, पछिल्लो २४ घन्टामा २ लाख ८१ हजार थपिए

ind

काठमाडौं । पछिल्लो समय कोरोना महामारीका कारण आक्रान्त बनिरहेको भारतमा एकैदिन थपिएको संक्रमित संख्या एक महिनायताकै न्यून रहेको छ । पछिल्लो २४ घन्टामा भारतमा २ लाख ८१ हजार ८ सय ६० थपिएका छन् । यसअघि भारतमा गत अप्रिल १७ तारिखका दिन २ लाख ७५ हजार ३ सय ६ जना संक्रमित देखिएका छन् ।

भारतमा हालसम्म संक्रमितको संख्या २ करोड ४९ लाख ६४ हजार ९ सय २५ पुगेका छन् । ती मध्ये २ करोड ११ लाख ६७ हजार ६ सय ९ जना कोरोनमुक्त भइसकेको तथ्यांक सार्वजनिक भएको छ । पछिल्ला दिनमा संक्रमित भन्दा कोरोना निको हुनेको संख्या बढ्दो क्रममा रहेको भारतमा कोरोनानियन्त्रणउन्मुख भएको अनुमान स्वास्थ्य विशेषज्ञहरुले गरेका छन् ।

भारतमा पछिल्ला दिनमा संक्रमितको संख्या घट्दै गइरहेको परिवेशमा मृतक संख्यामा भने उल्लेखनीय कमी आउन सकेको छैन । पछिल्लो २४ घन्टामा भारतमा ४ हजार ९२ जनाको मृत्यु भएको छ । यससँगै भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७४ हजार ४ सय ११ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित