सुरक्षा रणनीति बनाउन ११ जिल्लाका सुरक्षा प्रमुखको भेला काभ्रेमा

kavre bhelaaधुलीखेल : वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति बनाउन, निर्वाचनमा खटिएका सुरक्षा निकाय निर्देशित गर्न र जिल्ला तहमा सुरक्षा प्रबन्ध बारे जानकारी लिन ११ जिल्लाका सुरक्षा प्रमुखको बैठक काभ्रेको धुलिखेलमा सुरु भएको छ ।  मध्यमाञ्चाल विकास क्षेत्रका ११ जिल्लाका सुरक्षा प्रमुखहरुको भेला काभ्रेमा आयोजना गरिएको हो । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी छन् । उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचनको सुरक्षा व्यवस्था, राजनीतिक प्रकृयाको सहजिकरण र निर्वाचन प्रकृया सुचारु गर्ने प्रमुख कार्यभार रहेको बताए । कानुनी अड्चन बाहेकका मापदण्ड मिचेर भएपनि सुरक्षा विश्वसनीय वातावरण बनाउन कुनै कसुर बाँकी नराख्ने उनले बताए । उनले जनशक्ति र श्रोत साधनको कुनै समस्या नपर्ने भन्दै उनले निर्वाचनमा खटिने सबै सुरक्षाकर्मीको जिल्ला आफूले लिने बताए  । कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले घर–घरको निर्वाचन भएकाले सुक्ष्म रुपमा सुरक्षा व्यवस्थापनमा लाग्नुपर्नेमा जोड दिए । गोष्ठीलाई उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सम्बोधन गर्ने कार्यक्रम छ । भेलामा क्षेत्रीय प्रशासक शम्भू कोइराला, प्रहरी महानिरिक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मी सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित