नेपालमा थप ८९८० जनामा संक्रमण हुँदा ८८४८ जनाले कोरोना जिते

Corona_Update

काठमाडौं । नेपाल पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भएका छन् । एकैदिन संक्रमणमुक्त भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख १० हजार ८६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६१ सय ५३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९८० जनालाई संक्रमण पुष्टि भएको छ भने १२९ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित