प्रधानमन्त्री देउवाले छैटौं पटक आफ्नो जन्मथलो रुवाखोलाबाट मतदान गर्ने

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छैटौं पटक आफ्नो जन्मथलो रुवाखोलाबाट मतदान गर्नेछन् ।

विसं २०४८ यता भएका सबै निर्वाचनमा अशिग्राम माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै आएका प्रधानमन्त्री देउवा यस पटकको निर्वाचनमा पनि सोही केन्द्रबाट मतदान गर्दै छन् ।

प्रधानमन्त्री देउवाले अक्षर आरम्भसमेत तत्काल रहेको अशिग्राम प्रावि (हालको मावि) बाट नै गरेको  आफन्तजनको भनाइ छ ।

प्राविसम्म रहेको सो विद्यालयलाई माविसम्म पु-याउन प्रधानमन्त्री देउवाले नै पहल गर्नुभएको स्थानीय चेतराज भट्टले जानकारी दिए । प्रधानमन्त्री देउवासँगै उनकी धर्मपत्नी तथा कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभा उम्मेदवार  डा आरजु देउवा राणाले पनि सोही मतदानस्थलबाट मतदान गर्ने प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले बताए ।

प्रतिक्रिया

सम्बन्धित