बंगालको खाडीमा रहेको चक्रवातको प्रभाव नेपालमा पर्ने, सचेत रहन विभागको अनुरोध

काठमाडौं । हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र आज सोमवार चक्रवातमा परिणत भई भोलि मंगलवारसम्ममा अति धेरै शक्तिशाली चक्रवात परिणत हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सो प्रणालीका कारण भोलि जेठ ११ गते मंगलवार अपरान्हपछि देशका धेरै स्थानहरुमा सामान्य देखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/ वर्षाको सम्भावना रहेको छ।

तसर्थ उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भवना रहेके मंगलवारदेखि केहि दिनसम्मका लागि पर्वतारोहीहरुलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित