नेपालमा संक्रमित भन्दा निको हुनेको संख्या बढी, ७२२६ निको हुँदा ६९३९मा कोरोना संक्रमण

Nepal_Corona_MN

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमित थपिने भने निको हुनेको संख्या बढी रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ हजार २२६ जना निको भएका छन् भने ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९ सय ९२ जनाको परिक्षण गरिएकोमा ६ हजार ९ सय ३९ जनामा कोरोना पोजेटिभ पुष्टी भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ६ मात्र रहेको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुगेकाे छ । 

नेपालमा गत १८ दिन यता सबैभन्दा कम मृत्यु भएको हो । यसअघि गत मे ९ को दिन ८८ जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित