सुरक्षा व्यवस्था राम्रो बनाउन प्रधानमन्त्रीको निर्देशन

????????????????????????????????????

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ३१ मा हुने निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न चारै सुरक्षा अङ्गका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर निर्देशन दिएका छन् । सुरक्षा अङ्गका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारी लिंदै निर्वाचन सुरक्षा तयारीबारे समेत छलफल गरेका हुन्। प्रधानमन्त्रीले मंगलबार बिहान नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमूख दिलित रेग्मीलाई बालुवाटार बोलाएर जानकारी लिएका हुन्। छलफलमा सुरक्षा अंगका प्रमुखहरुले निर्वाचनको सुरक्षा प्रबन्धबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए। वैशाख ३१ मा हुने निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको दृष्टिले कुनै चुनौती नरहेको उनीहरुले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित