वृद्ध भत्ता ४ हजार पुग्यो, सर्टिफिकेट राखेर २५ लाख ऋण पाइने

Budget_2078

काठमाडौं । सरकारले आगामी वर्ष २०७८/७९ को बजेटमा सबै सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बजेट वृद्धि गरेको छ ।

जेष्ठ नागरिकको भत्ता प्रति महिना ४ हजार बनाएको अर्थमन्त्री विष्णु पौडेलले बजेटका क्रममा भनेका छन् । शनिबार सिंहदरबारमा गरिएको यस वर्षको बजेटमा पाैडेलले उक्त कुरा बताएका हुन् ।

त्यस्तै स्नातकभन्दा माथिका युवालाई सर्टिफिकेट धितो राखी बढीमा ५ प्रतिशत ब्याजमा २५ लाख सम्म ऋण दिने बजेटमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित