शिक्षाका लागि १ खर्ब ८० अर्ब बढीको बजेट

Education

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।

पाठ्यक्रम वितरण र छात्रवृत्तिका लागि विशेष प्राथमिकतामा राखेको सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ ।

बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ ।

 

प्रतिक्रिया

सम्बन्धित