छिमेकमा घट्यो कोरोनाः भारतमा एकदिनमा १ लाख ५३ हजार संक्रमित, ३ हजार १ सयको मृत्यु

ind

काठमाडौं । पछिल्ला दिनमा संक्रमितको संख्या घट्दै गएको भारतमा कोरोना नियन्त्रोन्मुख देखिएको छ ।

पछिल्लो २४ घन्टामा भारतमा १ लाख ५३ हजार ४ सय ८५ जना नयाँ संक्रमित देखिएसँगै भारतमा कोरोना नियन्त्रण नजिक देखिएको छ ।

दैनिक ४ लाख भन्दा बढी संक्रमित देखिएको भारतमा पछिल्ला दिनमा संक्रमित र मृतकको संख्या घट्दो क्रममा देखिएको छ ।

हालसम्म भारतमा २ करोड ८० लाख ४६ हजार ९ सय ५७ जना संक्रमित पुगेका छन् । ती मध्ये २ करोड ५६ लाख ८४ हजार ५ सय २९ जना कोरोनामुक्त भइसकेको तथ्यांक सार्वजनिक भएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा ३ हजार १ सय२९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख २९ हजार १ सय २७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित