राजा वीरेन्द्र वंशनाशको २० वर्ष

King_Birendra

काठमाडौं । आजभन्दा २० वर्ष अगाडि आज कै दिन तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड घटेको थियो । २० वर्षअघि २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो ।

सरकारद्वारा गठित छानविन समितिहरुले युवराज दीपेन्द्र शाहले पछिल्ला समयमा देखिएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि उनी आत्महत्या गरेको भनिएको छ ।

उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।

जेठ १९ गते शुक्रबारको उक्त हत्याकाण्डपछि २० गते अचेत अवस्थामै रहेका युवराज दीपेन्द्रलाई ज्ञानेन्द्र शाहको संयोजकत्वमा राजा घोषित गरिएको थियो । त्यसपछि २१ गते उनको पनि निधन भएपछि महेन्द्रलाई नेपालको राजगद्दी सुम्पिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित